एड्भान्समा १५ औं खेलकुद उत्सव सुरु (यसअघिका खेल अपडेट समेत)

Avatar photo
Dhadingpost
चैत्र १२, २०७८

धादिङ । धादिङबेसी स्थित एड्भान्स एकेडेमीले एक औपचारिक कार्यक्रमका बीच १५ औं खेलकुद उत्सव सुरुगरेको छ । तीन दिन सम्म चल्ने उक्त उत्सव शुक्रबार धादिङका संघीय सांसद खेमप्रसाद लोहनीले गरेका थिए ।

खेलकुद विकासको पहिलो स्रोत विद्यालय हुन्, विद्यालयमा खेल सिकाउने र दक्ष खेलाडी उत्पादन गर्ने कारखाना विद्यालय नै भएको प्रतियोगिता उद्घाटन कार्यक्रमका प्रमुख अतिथि लोहनीले बताएका थिए । विद्यालय संचालक समितिका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ गोर्खालीको सभापतित्वमा उक्त उक्त खेलकुद उत्सव उद्घाटन भएको थियो ।

अहिले पनि कति पय विद्यालयले विद्यार्थीहरुलाई रुची अनुसार खेल्न नदिने खेल्न दिँदा पढाई बिग्रन्छ भन्ने गलत सोच रहेको भन्दै खेलकुद सहितको शिक्षाले विद्यार्थीलाई पढ्न झनै उत्पेरणा मिल्ने हुँदा हरेका विद्यालयले खुलकुदलाई प्राथमिकतामा राख्नु पर्ने बताएका थिए ।

यो तीन दिन हामी विभिन्न सय भन्दा बढी इभेन्टका खेलहरु विद्यार्थीलाई खेलाउने छौं सहाएक प्रिन्सिपल राम श्रेष्ठले धादिङपोष्टलाई बताए । एड्भान्सले खेलकुदलाई पठ्यक्रममै राखेर पढाउँदै आएको छ अहिले यो उत्सव विद्यार्थीमा थप उर्जा प्रदान गर्ने आशा राखिएको उनी बताउँछन् ।

यस अघि प्रकाशित एड्भान्सको खेलकुद गतिविधि