धादिङबेसी जेष्ठ १२ । धादिङबेसी स्थित न्यू किबो बोर्डिङले संचालन गरेको नीलकण्ठ नगरपालिका स्तरीय आठौं राष्ट्रपति रनिङ् शिल्ड खेलाडी छनौट प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगिताको भलिबल विद्यामा विगतमा भएका विभिन्न प्रतियोगिताको जीतको इतिहाँसलाई जिवित राख्दै एड्भान्स एकेडेमी छात्र तर्फ प्रथम र छात्रा तर्फ दोस्रो भयो ।
यस अघि जिल्ला स्तरीय विद्यालय स्तरीय भलिबल, प्याब्सन स्तरीय भलिबल लगायत अन्य क्लवहरुले आयोजना गरेको विद्यालय स्तरिय भलिवलहरुमा समेत एड्भान्स प्रथम भैसकेको थियो
भलिबल छात्रा विधामा भने खाल्टे स्थित पन्चकन्य माविले नयाँ इतिहास रच्दै प्रथम भएको थियो भने प्रकाश मावि सान्तोना भयो ।
निजी विद्यालयहरुमा खेललाई प्राथमिकतामा राख्दै आएको धादिङ बोर्डिङ र आयोजक न्यू किबो बोर्डिङले क्रमस दोस्रो र तेस्रो स्थान हात पारेका थिए ।
लिग चरणमा राम्रो गरेको नीलकण्ठ उच्च माविले खेल संचालन मापडण्ड भन्दा बाहिरका खेलाडी ल्याएको भन्ने उजुरी परे पछि आयोजकले आवश्यक कागाजात जुटाउन आग्रह गरे सँगै कागजात जुटाउन नसक्दा लिग चरण भन्दा अगाडीका खेलहरु खेल्न पाएन ।
नीलकण्ठ नगरपालिकामा रहेका ३२ वटा माध्यामिक विद्यालय मध्य १७ वटा विद्यालयले भाग लिएको यस प्रतियोगितामा विद्यालय तर्फ १४ स्वर्ण पदक सहित नीलकण्ठ मा.वि प्रथम भएको छ ।
यस्तै ८ स्वर्ण पदक सहित एडभान्स एकेडेमि द्धितीय र ४ स्वर्ण पदक सहित बालमन्दिर मा.वि तृतिय भएको छ ।
जेष्ठ ९ गते देखि सुरु हुँदै शनिबार सम्पन्न भएको यस प्रतियोगितामा भलिवल, कबड्डी, दौड, लङजम्प, ज्याबलिङ थ्रो, मार्सलआर्ट लगायतको खेलहरु खेलाईएको थियो ।
यस प्रतियोगिताबाट छनौट भएका खेलाडीहरुले जेष्ठ १७ देखि १९ सम्म हुने यस वर्षको जिल्ला स्तरीय आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मा भाग लिन पाउने छन् यो प्रतियोगिता थाँक्रे गाउँपालिका स्थित सेती देवि माविमा हुनेछ ।
सम्बन्धित समाचारहरु
नीलकण्ठ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता को सम्पूर्ण तयारी सकियो
नीलकण्ठ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेष्ठ ९ देखि सुरु हुने
जिल्ला स्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सकियो (नतिजा सहित)