हाम्रो कुरा

मोफसलमा रहि ‘जहाँ इन्टरनेट, त्यहाँ धादिङपोष्ट डट कम’ को रुपमा धादिङ सहित मुलुकको समग्र विकासको लागि हामी समाचारको रुपबाट हातेमालो गरिरहेका छौ ।

भ्रष्ट्रचार, अन्याय र अत्याचारको खरो विरोध गर्दै दुरदराजको आवाज बुलन्द गर्दै समग्र विकासमा टेवा पुर्याउँदै आएको एन एस मिडिया धादिङले प्रकाशनमा ल्याएको अनलाइन धादिङपोष्ट डट कम हो ।

सत्य सूचना, निष्पक्ष समाचार र व्यवसायीक पत्रकारिताको स्पष्ट अठोट र प्रतिवद्धता सहितको यात्रालाई निरन्तरता दिनको लागि मोफसलको जिल्ला धादिङलाई आधार क्षेत्र मान्दै धादिङपोष्ट डट कम प्रकाशनमा ल्याएका हौं ।

‘अनलाइनको दुनियाँमा धादिङपोष्ट नै प्रकाशन गर्नुको मुख्य ध्यय भनेकै वास्तविक, स्वतन्त्र र न्यायिक पत्रकारिताको माध्यमबाट आर्थिक, सामाजिक, राजनैतिक तथा सम्पुर्ण पक्षको बारेमा सही सूचना र समाचार मार्फत सुसुचित गराउदै शान्ति स्थापना, स्थायित्व र आर्थिक समृद्धिको सम्भावनाहरुका लागि गाउँ/गाउँ र टोल/टोलमा जागरण पैदा गर्दै एक आपसमा भातृत्वको सन्देश छर्ने नै हो ।

रुवीभ्याली देखि रोराङ फेदी सम्मका आम पाठकहरुका समायानुकुल र समय सान्दर्भिक चाहना र रोजाइ नै धादिङपोष्टको मुख्य आकर्षण र प्रस्तुति हुनेछन् सथमा देश बिदेशका ताजा समाचार पाठक सामु पुर्याउने हाम्रै दायित्व ठानेका छौं ।

वर्षौ वर्षसम्म जस्तो सुकै कठिन परिस्थितीका बाबजुद पनि सतिसाल भएर निरन्तर अगाडी बढिरहने हाम्रो चाहना पक्कै अधुरो हुने छैन भन्ने विश्वास हामी दिलाउन चाहान्छौं । स्वतन्त्र प्रेस र नागरिकको सूचनाको अधिकार लगायतका लोकतान्त्रिक मूल्य/मान्यता प्रति अविचलित रहने प्रतिवद्धता व्यक्त गर्दछौं ।

शोषित पीडित जनताको हक/अधिकार, कानुनी राज्य, विधिको शासन, प्रेस स्वतन्त्रता जस्ता महत्वपूर्ण विषयहरुलाई यस धादिङपोष्ट’ ले अग्रमोर्चामा रहेर आफ्नो मुख्य भूमिका निर्वाह गर्ने छ । आवाज विहीनहरुको आवाज, असहायहरुको लट्ठी, देख्न नसक्नेहरुको लागि आँखा बन्न तथा लोकतन्त्र, मानव अधिकार, राष्ट्रियता एवं जनताको आधारभूत आवश्यकताहरु परिपूर्तिका लागि राज्यका हरेक निकायमा दबाब मूलक भूमिका निर्वाह गर्न हामीले आफ्नो ठाउँबाट जिम्मेवार पहल गर्ने छौं ।

तपाइहरु सबैको साथ र सहयोग विना सत्य, निष्पक्ष एवं व्यावसायिक पत्रकारिता मार्फत रखवाली गर्दै मुलुक तथा जनताको पक्षमा सूचनाको सम्प्रेषण गर्नु ‘धादिङपोष्टका लागि असम्भव प्रायः नै हुनेछ । त्यसैले आमपाठक, शुभेच्छुक र शुभचिन्तकहरुसंग हामीले सदा साथ र सहयोगको अपेक्षा राखेका हौं । हामीसँगको निरन्तर सम्पर्कले आमपाठक, अधिकार विहिन भएका वा बनाइएका आम जनता, राष्ट्र र राष्ट्रिय स्वार्थप्रति हामीलाई थप प्रतिबद्ध बन्दै जाने प्रेरणा प्राप्त हुनेछ ।

हामीले धादिङका १३ वटा पालिकाको छुट्टा छुट्टै फिचर्सहरु समावेस गरि कुन पालिकाको समाचारहरु हेर्ने हो त्यहि पालिकाको समाचार मात्र हर्न सक्ने बनाएका छौ । साथै हामीले धादिङपोष्ट अनलाइन मानै धादिङ टिभि पनि राखेका छौ । जहा भिडियो प्ले हुनेछ भने समग्र विषय वस्तुहरु हामीले अटाउने कोसिस गरेका छौ ।

तसर्थः हाम्रो यात्रालाई अनवरत एवं निरन्तर अगाडी बढाई राख्नको लागि फेरि पनि आम पाठक, लेखक, विज्ञापनदाता र शुभेच्छुकहरुको सहयोग एवम् खबरदारी हुनेछ भन्ने आशा र विश्वास लिएका छौं ।

प्रमुख
नारायण सिलवाल
९८५११९११८१