हाम्रो कुरा

मोफसलमा रहेर “जहाँ इन्टरनेट, त्यहाँ धादिङपोष्ट डट कम” भन्ने मूल नारासहित धादिङसहित समग्र मुलुकको विकासका लागि समाचारमार्फत हातेमालो गरिरहेका छौँ ।

भ्रष्टाचार, अन्याय र अत्याचारको खरो विरोध गर्दै दुरदराजका आवाजलाई बुलन्द बनाउँदै समग्र विकासमा टेवा पुर्‍याउने उद्देश्यका साथ एन.एस. मिडिया धादिङद्वारा सञ्चालित अनलाइन समाचार माध्यम धादिङपोष्ट डट कम पाठकमाझ ल्याइएको हो ।

सत्य सूचना, निष्पक्ष समाचार तथा व्यावसायिक पत्रकारिताप्रति स्पष्ट अठोट र प्रतिबद्धतासहित हामीले मोफसलको जिल्ला धादिङलाई आधार क्षेत्र बनाएर धादिङपोष्ट डट कम सञ्चालनमा ल्याएका हौँ ।

अनलाइन पत्रकारिताको यस यात्रामा धादिङपोष्ट प्रकाशन गर्नुको मुख्य उद्देश्य वास्तविक, स्वतन्त्र र न्यायिक पत्रकारितामार्फत आर्थिक, सामाजिक, राजनीतिक तथा समग्र जनजीवनका विविध पक्षबारे सही सूचना प्रवाह गर्नु हो । गाउँ–गाउँ र टोल–टोलसम्म चेतना, शान्ति, स्थायित्व र आर्थिक समृद्धिको सम्भावनालाई उजागर गर्दै आपसी सद्भाव र भातृत्वको सन्देश फैलाउनु नै हाम्रो लक्ष्य हो ।

रुवीभ्यालीदेखि रोराङ फेदीसम्मका आम पाठकका समयानुकूल, सान्दर्भिक चाहना र रोजाइलाई धादिङपोष्टको मुख्य प्राथमिकतामा राखेका छौँ । साथै, देश–विदेशका ताजा र विश्वसनीय समाचार पाठकमाझ पुर्‍याउनु पनि हाम्रो दायित्व ठानेका छौँ ।

वर्षौँसम्म जस्तोसुकै कठिन परिस्थितिमा पनि सतिसालझैँ अडिग रहँदै निरन्तर अगाडि बढ्ने हाम्रो चाहना अधुरो रहने छैन भन्ने विश्वास दिलाउन चाहन्छौँ । स्वतन्त्र प्रेस, नागरिकको सूचनाको अधिकार तथा लोकतान्त्रिक मूल्य–मान्यताप्रति हामी सधैँ अविचलित रहने प्रतिबद्धता व्यक्त गर्दछौँ ।

शोषित, पीडित र अधिकारविहीन जनताको हक–अधिकार, कानुनी राज्य, विधिको शासन तथा प्रेस स्वतन्त्रताजस्ता महत्वपूर्ण विषयलाई धादिङपोष्टले सदैव अग्रपङ्क्तिमा राखेर आफ्नो भूमिका निर्वाह गर्नेछ । आवाजविहीनहरूको आवाज, असहायहरूको सहारा र देख्न नसक्नेहरूका लागि आँखा बन्ने हाम्रो प्रयास रहनेछ । लोकतन्त्र, मानवअधिकार, राष्ट्रियता तथा जनताका आधारभूत आवश्यकताका पक्षमा राज्यका हरेक निकायमा दबाबमूलक र जिम्मेवार भूमिका निर्वाह गर्न हामी प्रतिबद्ध छौँ ।

तपाईंहरू सबैको साथ, सहयोग र विश्वासबिना सत्य, निष्पक्ष तथा व्यावसायिक पत्रकारितामार्फत जनताको पक्षमा सूचना सम्प्रेषण गर्ने हाम्रो अभियान सफल हुन सक्दैन । त्यसैले आम पाठक, शुभेच्छुक, विज्ञापनदाता तथा शुभचिन्तकहरूसँग निरन्तर साथ र सहयोगको अपेक्षा गरेका छौँ । तपाईंहरूको निरन्तर सम्पर्क, सुझाव र खबरदारीले हामीलाई राष्ट्र, राष्ट्रिय स्वार्थ तथा आम जनताको पक्षमा अझ जिम्मेवार र प्रतिबद्ध बन्न प्रेरित गर्नेछ ।

धादिङका १३ वटै स्थानीय तहका छुट्टाछुट्टै फिचर समावेश गरी पाठकले आफूलाई आवश्यक परेको पालिकाको समाचार सजिलै हेर्न सक्ने व्यवस्था गरेका छौँ । साथै, धादिङपोष्ट अनलाइनमै “धादिङ टिभी” सञ्चालनमा ल्याएका छौँ, जहाँ भिडियो सामग्रीमार्फत विविध विषयवस्तु प्रस्तुत गरिनेछ ।

तसर्थ, हाम्रो यो यात्रालाई निरन्तर, सशक्त र प्रभावकारी रूपमा अगाडि बढाइराख्न आम पाठक, लेखक, विज्ञापनदाता, शुभेच्छुक तथा सरोकारवाला सबैको सहयोग, सुझाव र खबरदारी रहनेछ भन्ने आशा तथा विश्वास व्यक्त गर्दछौँ ।

प्रमुख
नारायण सिलवाल
९८५११९११८१