सिङ्ल्हा मेला भदौ १२ मा: पर्यटनमन्त्रीसहित सांसदद्वय सहभागी हुँदै, यस्तो छ सिङ्ल्हाको आकर्षण
धादिङ । धादिङको उत्तरी भेगमा रहेको धार्मिक तथा पर्यटकीय गन्तव्य सिङ्ल्हामा भदौ १२ गते जनैपूर्णिमा मेला लाग्ने भएको छ । यस वर्षको मेलामा पर्यटनमन्त्रीसँगै संघीय सांसदद्वय बसुमायाँ तामाङ र बोदनारायण श्रेष्ठ सहभागी हुने राकेश तामाङ च्याङ्बाले बताए । समुद्री सतहबाट करिब ४ हजार ४० मिटर उचाइमा रहेको सिङ्ल्हा धार्मिक आस्था, तामाङ संस्कृति, हिमाली प्राकृतिक सौन्दर्य र साहसिक पदयात्राका लागि आकर्षक गन्तव्य हो । धादिङको रुबीभ्याली र खनियाबास, नुवाकोटको किस्पाङ तथा...

