आठ दिनका लागि अन्तरिक्ष यात्रा गरेका ‘सनी’ र ‘बुच’ नौ महिना पछि पृथ्वी फर्कन सफल

Avatar photo
Dhadingpost
बिहिबार, चैत्र ६, २०८१

काठमाडौं । केवल आठ दिनका लागि भनेर नौ महिनाअघि अन्तरिक्ष पुगेका ५९ वर्षीया सुनिता विलियम्स ‘सनी’ र ६४ वर्षीय ब्यारी ई विल्मोर ‘बुच’ ले बुधबार पृथ्वीमा फर्किएका छन् ।

अन्तरिक्ष यानमा प्राविधिक समस्या आएपछि रोकीएका ‘सनी’ र ‘बुच’शून्य गुरुत्वाकर्षणको रोमाञ्चक जीवन बाँचेर पृथ्वीमा फर्कन सफल भएका हुन् ।

एक्स ड्र्यागन क्याप्सुल (यान) ले उनीहरुलाई अन्तरिक्षबाट अमेरिकाको फ्लोरिडास्थित समुद्रकै छेउ पानीमा अवतरण गराएको छ  ।

पृथ्वीबाट चार सय किलोमिटरमाथिको शून्यतामा उडिरहेको बेलुन जस्तो जीवनलाई स्थिर बनाउने अनेकौँ अभ्यास गरेको उनीहरुले बताएका छन् ।

पृथ्वीमा हरेक बिहान मात्र देखिने सूर्योदयलाई दिनकै १६ पटक अवलोकनको अवसर पायौं । स्पेस स्टेसनले २४ घण्टामा १६ पटक पृथ्वीलाई फन्को लगाउँथ्यो, त्यस क्रममा सूर्योदय र सूर्यास्तका अलौकिक दृश्यहरू देखिन्थ्यो । हरेक ४५ मिनेटमा देखिने दृश्यले पृथ्वीको दिन र रातको गणनालाई नयाँ तरिकाले सोच्ने अवसर प्रदान गरेको उनीहरुको धारणा छ ।