शिक्षक कल्याण बचत तथा ऋण सहकारीको जरुरी सूचना

Avatar photo
Dhadingpost
कार्तिक २०, २०८३

१६औँ वार्षिक साधारण सभा सम्बन्धी सूचना

शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, नीलकण्ठ नगरपालिका–३, धादिङको मिति २०८३/०६/०३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार संस्थाको १६औँ वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिन्छ।

साधारण सभा हुने विवरण

  • मिति: २०८३ कात्तिक २१ गते, शनिबार
  • समय: बिहान १०:३० बजे
  • स्थान: जिल्ला समन्वय समितिको हल, धादिङबेसी, धादिङ

छलफल तथा निर्णयार्थ प्रस्तुत गरिने प्रस्तावहरू

१. संस्थाको १६औँ साधारण सभाको निर्णय पुस्तिकामा प्रमाणित गर्ने प्रतिनिधि चयन सम्बन्धमा।

२. आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन तथा २०८३/०८४ को नीति तथा कार्यक्रम छलफल गरी पारित गर्ने सम्बन्धमा।

३. आर्थिक वर्ष २०८२/०८३ को लेखा परीक्षण प्रतिवेदन, आयव्यय विवरण तथा २०८३/०८४ को बजेट प्रस्तुत, छलफल तथा पारित गर्ने सम्बन्धमा।

४. आर्थिक वर्ष २०८२/०८३ को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत, छलफल तथा पारित गर्ने सम्बन्धमा।

५. ऋण उपसमिति तथा अन्य उपसमितिका प्रतिवेदनमाथि छलफल तथा पारित गर्ने सम्बन्धमा।

६. चालु आर्थिक वर्ष २०८३/०८४ का लागि लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा।

७. संस्थाका लागि आवश्यक नीति तथा कार्यविधि निर्माण, छलफल तथा अनुमोदन गर्ने सम्बन्धमा।

विशेष अनुरोध तथा जानकारी

  • शेयर सदस्यहरूले आफूले बुझाउनुपर्ने ऋणको किस्ता, ब्याज तथा मासिक बचत साधारण सभा अगावै बुझाउनुहुन अनुरोध गरिन्छ।
  • शैक्षिक सत्र २०८२ को एसईई परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने शेयर सदस्यका छोराछोरीलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको हुँदा आवश्यक ग्रेडसिट तथा नागरिकता/जन्मदर्ताको प्रतिलिपि कात्तिक १० गतेभित्र संस्थाको कार्यालयमा पेश गर्नुहुन अनुरोध गरिन्छ।

तसर्थ, सम्पूर्ण शेयर सदस्यहरूलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित भई साधारण सभामा सहभागी हुन हार्दिक अनुरोध गरिन्छ।

सचिव

प्रयास रेग्मी

Email: sksacoos67@gmail.com

सम्पर्क: ०१०५२११६७