
धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका–२, मैदीमा दोस्रो सातदोबाटो कप भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । सातदोबाटो युवा क्लबको आयोजनामा आगामी कार्तिक २१ देखि २४ गतेसम्म प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
प्रतियोगितामा प्रथम हुने टोलीले नगद ४० हजार रुपैयाँ, द्वितीय हुने टोलीले २५ हजार रुपैयाँ र सान्त्वना स्थान हासिल गर्ने टोलीले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुन इच्छुक क्लबहरूले कार्तिक २० गतेभित्र टिम दर्ता गराइसक्नुपर्ने आयोजकले आग्रह गरेको छ ।
गत वर्ष वडा स्तरीय रूपमा आयोजना गरिएको प्रतियोगितालाई यस वर्षदेखि विस्तार गरी ज्वालामुखी गाउँपालिकाभित्रका सबै क्लबले सहभागिता जनाउन पाउने व्यवस्था गरिएको क्लबका अजय श्रेष्ठले बताए ।

