धादिङका ८ कबड्डी खेलाडी बागमती प्रदेश टिममा छनोट, दशौं राष्ट्रिय खेलकुदमा खेल्ने

Avatar photo
Dhadingpost
मंसिर ३, २०८३

धादिङ । बागमती प्रदेशको कबड्डी टिममा धादिङका ८ जना खेलाडी छनोट भएका छन् । प्रदेशस्तरीय छनोट चरण पार गर्दै धादिङका महिला तथा पुरुष खेलाडीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा बागमती प्रदेशको प्रतिनिधित्व गर्ने भएका हुन् ।

छनोट भएका खेलाडीमध्ये महिला कबड्डी टिममा धादिङका सलोमी मगर, आलिसा अधिकारी र धना राहाडी मगर परेका छन् । महिला टिमको वैकल्पिक खेलाडीमा धादिङकै कोपिला तामाङ छनोट भएकी छन् ।

त्यस्तै, पुरुष कबड्डी टिममा धादिङका अर्जुन तामाङ, सुलभ खतिवडा, सुनील भुजेल, प्रमोद श्रेष्ठ र विशाल सापकोटा छनोट भएका छन् ।

महिला तथा पुरुष दुवै टिममा गरी धादिङका ८ जना खेलाडी छनोट हुनु जिल्लाको खेलकुद क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि हो । एकैपटक यति धेरै खेलाडीले प्रदेश टिममा स्थान बनाउनुले धादिङमा कबड्डी खेलको विकास र खेलाडीको क्षमतालाई समेत उजागर गरेको छ ।