लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगीको संक्रमणबाट बच्ने एक मात्र उपाय हो ।
डेंगीको संक्रमण भएमा देखिने लक्षणहरू
थकाई लाग्नु, वाकवाकी लाग्नु, टाउको दुख्नु, एक्कासी ज्वरो आउनु, मांसपेशी तथा, जोर्नी दुख्नु, वान्ता हुनु,
लामखुट्टेको टोकाइबाट बच्ने उपायहरू
सधैँ झुल टाँगेर सुत्ने, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउने, घरको झ्याल ढोकामा जाली हाल्ने, सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्ने, घरपालुवा पशुपंक्षी व्यवस्थित ढंगले पाल्ने, घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिने
जनहितका लागि सन्देश
जनस्वास्थ्य कार्यालय धादिङ

