स्वास्थ्य कार्यक्रमको मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका प्रथम

Avatar photo
Dhadingpost
अशोज २८, २०८३

धादिङ । धादिङका १३ वटा स्थानीय तहमध्ये स्वास्थ्य कार्यक्रमको समग्र मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका प्रथम भएको छ । बेनीघाट रोराङ गाउँपालिका दोस्रो र त्रिपुरासुन्दरी गाउँपालिका तेस्रो भएका छन् ।

जनस्वास्थ्य कार्यालय धादिङको आयोजनामा २०८३ असोज २६ र २७ गते सम्पन्न आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको जिल्लास्तरीय वार्षिक समीक्षामा विभिन्न स्वास्थ्य सूचकका आधारमा स्थानीय तहहरूको मूल्याङ्कन गरिएको थियो ।

समीक्षाका क्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने स्वास्थ्य संस्था तथा अस्पतालहरूलाई पनि पुरस्कृत गरिएको छ । स्वास्थ्य चौकीतर्फ थाक्रे गाउँपालिकास्थित महादेवबेसी स्वास्थ्य चौकी प्रथम र मैदी स्वास्थ्य चौकी दोस्रो भएका छन् ।

त्यसैगरी, आधारभूत अस्पतालतर्फ बेनीघाट आधारभूत अस्पताल प्रथम भएको छ ।

वार्षिक समीक्षामार्फत जिल्लामा सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको प्रगति समीक्षा गर्दै विभिन्न स्वास्थ्य सूचकका आधारमा स्थानीय तह तथा स्वास्थ्य संस्थाहरूको कार्यसम्पादन मूल्याङ्कन गरिएको हो ।

हुनेछ ।