डेंगु रोगबाट बच्न अपनाऔं यी सावधानीहरू:
१. गमला, फूलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, काम नलाग्ने गाडीका टायर तथा अन्य भाँडाकुँडामा पानी जम्न नदिऔं ।
२. पानीका ट्याङ्कीहरू लामखुट्टे प्रवेश गर्न नसक्ने गरी राम्रोसँग ढाकेर राखौं ।
३. पूरा बाहुला भएको तथा शरीर ढाक्ने लुगा लगाऔं । दिउँसो वा राति सुत्दा झुलको प्रयोग गरौं। विशेष गरी साना बालबालिकालाई जुनसुकै समयमा पनि झुलभित्र सुताऔं ।
४. घरका झ्याल–ढोकामा जाली लगाऔं ।
५. घर वरिपरि सफा–सुग्घर राखौं र पानी जम्ने खाल्डाखुल्डी पुरी लामखुट्टेको प्रजनन हुन नदिऔं ।
६. डेंगु रोगको रोकथाम तथा नियन्त्रणका लागि सबैमा सचेतना फैलाऔं ।
डेंगु रोगविरुद्ध आजै जागौं, सबै मिलेर लागौं !
जनहितका लागि सन्देश
नीलकण्ठ नगरपालिका, धादिङ
