
धादिङ । कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशस्तरीय छनोटबाट एथलेटिक्स विधामा धादिङका पाँच खेलाडी छनोट भएका छन् ।
छनोट हुने खेलाडीमा ५ हजार मिटर दौडतर्फ सन्तोषी श्रेष्ठ, ज्याभलिन थ्रोतर्फ रितिक बस्याल र सिर्जना श्रेष्ठ, ११० मिटर हर्डल्सतर्फ सुवास कुमाल तथा ४०० मिटर दौडतर्फ गायत्री श्रेष्ठ रहेका छन् ।
ज्याभलिन थ्रोतर्फ रितिक बस्यालले स्वर्ण पदक र सिर्जना श्रेष्ठले कांस्य पदक हासिल गर्दै राष्ट्रिय प्रतियोगिताका लागि आफ्नो स्थान सुरक्षित गरेका हुन् ।
एथलेटिक्सका पाँच खेलाडीसहित धादिङबाट बागमती प्रदेशको प्रतिनिधित्व गर्दै दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीको संख्या १८ पुगेको छ ।
धादिङका खेलाडीहरूले राष्ट्रिय स्तरको प्रतियोगितामा विभिन्न खेल विधामा प्रतिस्पर्धा गर्नेछन् ।
