
धादिङ । धादिङ समाज बहराइनले बाढीपीडितका लागि आर्थिक सहयोग गरेको छ । समाजले अन्तर्राष्ट्रिय धादिङ समाजमार्फत कुल ५३ हजार ७ सय ३२ रुपैयाँ सहयोग गरेको हो।
हालै आएको बाढीबाट प्रभावित परिवार तथा समुदायलाई राहत तथा सहयोग पुर्याउने उद्देश्यले धादिङ समाज बहराइनले आफ्ना सदस्य तथा सहयोगीहरूबाट रकम संकलन गरी अन्तर्राष्ट्रिय धादिङ समाजमार्फत सहयोग उपलब्ध गराएको जनाएको छ ।
बाढीपीडितका लागि धादिङ समाज बहराइनमार्फत सहयोग गर्ने दाताहरू र उनीहरूले प्रदान गरेको रकम यसप्रकार छ :
- बिनोद अर्याल — रु. ८,४८४
- राजु भण्डारी — रु. ८,४८४
- राजेन्द्र श्रेष्ठ — रु. ८,०८०
- शिवनारायण श्रेष्ठ — रु. ४,०४०
- सरस्वती तामाङ — रु. ४,०४०
- मेसी भाई — रु. ४,०४०
- प्रेम अधिकारी — रु. ४,०४०
- श्याम तामाङ — रु. ४,०४०
- सरिता प्रजा — रु. ४,०४०
- राम कृष्ण सुर्खेती — रु. २,०२०
- विकास रोजिना तामाङ — रु. २,०२०
- साजन ढटेल्या — रु. ४०४
जम्मा सहयोग : रु. ५३,७३२
अन्तर्राष्ट्रिय धादिङ समाजले सञ्चालन गरेको राहत कोषमा अमूल्य आर्थिक सहयोग गरेकोमा धादिङ समाज बहराइन शाखालाई धन्यवाद व्यक्त गरेको छ । प्रवासमा रहेर पनि जन्मभूमिमा परेको विपद्का बेला सहयोगमा जुट्नुले सामाजिक उत्तरदायित्व, सद्भाव र एकताको भावना थप बलियो बनाएको समाजले जनाएको छ ।
