धादिङ नेपाली समाज अमेरिकाले सांसद बसुमाया तामाङको स्वागत तथा अन्तरक्रिया गर्दै

Avatar photo
Dhadingpost
मंसिर ८, २०८३

धादिङ । धादिङ नेपाली समाज, अमेरिकाले नेपालकी संघीय सांसद बसुमाया तामाङको सम्मानमा आज (मंगलबार) अमेरिकाको न्यूयोर्कमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ ।

धादिङ नेपाली समाज, अमेरिकाको आयोजनामा हुने उक्त कार्यक्रम न्यूयोर्कस्थित ज्याक्सन मार्केटमा स्थानीय समयअनुसार साँझ ६ बजे सुरु हुनेछ । कार्यक्रममा सांसद तामाङ प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ ।

समाजले सांसद तामाङको स्वागत तथा सम्मानका साथै धादिङवासी र नेपाली समुदायसँग भेटघाट तथा अन्तरक्रिया गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ ।

कार्यक्रममा सहभागी भई कार्यक्रमको गरिमा बढाइदिन अमेरिकामा रहेका सम्पूर्ण धादिङवासी तथा नेपाली समुदायलाई समाजले हार्दिक निमन्त्रणा गरेको छ ।

सन् २०१७ मा स्थापना भएको धादिङ नेपाली समाज, अमेरिकाका अध्यक्ष सागर अधिकारी र महासचिव हरि गिरीले कार्यक्रम सफल बनाउन सम्पूर्ण नेपाली समुदायलाई उपस्थितिका लागि आह्वान गरेका छन् ।

कार्यक्रम नोभेम्बर २४, २०२६ मंगलबारका दिन आयोजना हुनेछ ।