उत्तर कोरियाले नेपालस्थित दूतावास बन्द गर्ने

Avatar photo
Dhadingpost
बुधबार, कार्तिक २२, २०८०

काठमाडौं । उत्तर कोरियाले नेपालमा रहेको आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको छ। नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ मेन (Jo Yong man) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटी प्योङयाङले नेपालमा रहेको आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको सुनाएका थिए।

नेपालमा उत्तर कोरियाली दूतावास बन्द भएपछि भारतको नयाँ दिल्लीमा रहेको उत्तर कोरियाली दूतावासले नेपाल मामिला हेर्ने भएको छ। नेपाल र उत्तर कोरियाबीच सन् १९७४ मे १५ मा औपचारिकरूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।

त्यही वर्ष उत्तर कोरियाले नेपालमा आफ्नो दूतावास खोलेको थियो। नेपालमा उत्तर कोरियाले आफ्नो दूतावास स्थापना गरेपनि नेपालले भने उत्तर कोरियामा आफ्नो दूतावास स्थापना गरेको छैन। चीनको बेइजिङमा रहेको नेपाली दूतावासले उत्तर कोरिया मामिलासमेत हेर्दै आएको छ।