नेपालीलाई चीनले भिसा शुल्क नलिने

Avatar photo
Dhadingpost
आइतवार, बैशाख १६, २०८१

काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासका अनुसार चीनले मे १ बाट नेपाली नागरिकसँग भिसा शुल्क नलिने निर्णय गरेको छ ।

नेपालका लागि चाइनिज राजदूत चेन सोङले नेपाल र चीन बिचको मित्रता प्रवर्द्धन गर्न र सेवा आदानप्रदानलाई थप सहज बनाउनका लागि यो निर्णय गरेको जनाएका छन् ।

नेपालले सन् २०१६ देखि चिनियाँ पर्यटकका लागि भिसा निःशुल्क गरेको छ । चीनले पनि भिसा निःशुल्क गर्नुपर्ने भन्दै नेपालको तर्फबाट पटक–पटक प्रयास भएको थियो । यसअघि चीनको भिसाका लागि तीन हजार ९ सय रुपैयाँ तिर्नुपर्ने थियो ।