मलेखुमा सुजन कँडेलको मुक्तक सङ्ग्रह ‘सिमली’माथि विमर्श

Avatar photo
Dhadingpost
कार्तिक ४, २०८३

धादिङ । धादिङको मलेखुमा साहित्यकार सुजन कँडेलको नयाँ मुक्तक सङ्ग्रह ‘सिमली’ सार्वजनिक गर्दै कृतिमाथि विमर्श कार्यक्रम सम्पन्न भएको छ । सोमबार आयोजित कार्यक्रममा कृतिको चर्चा तथा साहित्यिक विमर्श गरिएको हो ।

कार्यक्रममा धादिङका विभिन्न साहित्यिक व्यक्तित्व, स्रष्टा तथा साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा मुक्तक सङ्ग्रह ‘सिमली’का विषयवस्तु र साहित्यिक पक्षमाथि छलफल गरिएको थियो ।

नयाँ कृतिको सार्वजनिकरणसँगै आयोजित विमर्श कार्यक्रमले धादिङको साहित्यिक गतिविधिलाई थप सक्रिय बनाउन तथा स्थानीय स्रष्टाका सिर्जनाबारे चर्चा गर्ने अवसर प्रदान गरेको छ ।