चौथो त्रिपुरासुन्दरी गोल्ड कप नजिकिँदै, प्रतियोगिताका लागि सहयोगी हातहरू थपिँदै

Avatar photo
Dhadingpost
मंसिर १३, २०८३

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा आयोजना हुन लागेको चौथो त्रिपुरासुन्दरी गोल्ड कप–२०८३ नजिकिँदै गर्दा प्रतियोगिता सञ्चालनका लागि सहयोग गर्ने दाताहरूको संख्या पनि बढ्दै गएको छ ।

गणेशस्थान युवा क्लब (GYC) को आयोजनामा मंसिर १९ गतेदेखि २४ गतेसम्म ओपन ७ ए साइड फुटबल प्रतियोगिता सञ्चालन हुन लागेको हो । ऐतिहासिक सल्यानबेंसी जात्रा अर्थात् त्रिपुरासुन्दरी मेलाको अवसर पारेर आयोजना हुँदै आएको यस प्रतियोगितालाई यस वर्ष पनि भव्य र व्यवस्थित बनाउने तयारी भइरहेको आयोजकले जनाएको छ।

तेस्रो संस्करण सफलतापूर्वक सम्पन्न गरेको क्लबले चौथो संस्करणलाई थप व्यवस्थित र आकर्षक बनाउने तयारी गरिरहेको सुवास थपलियाले बताए । प्रतियोगिता सञ्चालनका लागि स्वदेश तथा विदेशमा रहेका खेलप्रेमी, स्थानीय व्यवसायी र शुभेच्छुकहरूले आर्थिक सहयोग गर्ने क्रम जारी रहेको उनले बताए ।

विजेतालाई ७७ हजार ७७७ रुपैयाँ पुरस्कार

प्रतियोगिताको विजेता टिमले नगद ७७ हजार ७७७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, उपविजेता टिमले नगद ३८ हजार ३३३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

व्यक्तिगत विधातर्फ उच्च गोलकर्ता, उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकलाई जनही ४ हजार ४४४ रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ ।

सहयोग गर्ने दाताहरूको नामावली र सहयोग रकम

प्रतियोगिताका लागि हालसम्म सहयोग गर्ने दाताहरूको विवरण यसप्रकार छ :

१. डा. पुरुषोत्तम पाण्डे र पूजन पाण्डे, अमेरिका – रु. २०,०००
२. विमल लामिछाने, खहरे, हाल क्यानडा – रु. १०,३१४
३. केशव तिमल्सिना, गणेशस्थान, हाल दक्षिण कोरिया – रु. १०,०००
४. दीपेन्द्र धरेल, काठमाडौं (सोफा स्टोर) – रु. ७,०००
५. ब्रिन्जल पाण्डेय (बासु), माइस्थान, हाल जापान – रु. ५,७७७
६. लक्ष्मी पन्त, हाल अमेरिका – रु. ५,५५५
७. सन्दीप श्रेष्ठ, सल्यानटार, हाल माल्टा – रु. ५,५५५
८. उमेश श्रेष्ठ, न्यू श्रेष्ठ सुनचाँदी पसल – रु. ५,५५५
९. सागर श्रेष्ठ, सुकौरा, हाल मकाउ – रु. ५,००५
१०. जनक तिमल्सिना, ज्वालामुखी – रु. ५,०००
११. कृष्ण बी.के., त्रिपुरा सुनचाँदी पसल – रु. ५,०००
१२. सुनील सिटौला, गणेशस्थान – रु. ५,०००
१३. राजेश थपलिया, हाँसेपसल – रु. ५,०००
१४. राकेश धमला – रु. ५,०००
१५. राजन बुर्लाकोटी – रु. ५,०००
१६. पूर्णबहादुर कँडेल, गणेशस्थान – रु. ५,०००
१७. प्रेम विश्वकर्मा, गणेशस्थान, हाल जापान – रु. ५,०००
१८. रामहरि धरेल, 3D Sofa & Furniture – रु. ५,०००
१९. श्यामहरि तिमल्सिना, गंगाजमुना, हाल जापान – रु. ५,०००
२०. त्रिपुरासुन्दरी मानव सेवा अभियान – रु. ४,५००
२१. किशन श्रेष्ठ, सल्यानटार – रु. ४,४४४
२२. दीपक वस्ती, नीलकण्ठ, हाल जापान – रु. ४,०००
२३. रामेश्वर लम्साल, ज्यामरुङ – रु. ३,०००
२४. होम गुरुङ, नीलकण्ठ – रु. ३,०००
२५. अर्जुन थापा, नीलकण्ठ – रु. ३,०००
२६. सागर गौली, त्रिपुरासुन्दरी – रु. ३,०००
२७. सुदीप कटुवाल, गोलाङ – रु. २,५००
२८. साजन श्रेष्ठ, शीतलबजार – रु. २,०२०
२९. नारायण सिलवाल, पत्रकार – रु. २,०००
३०. सन्दीप उर्फ ‘Dhading Vlogs’ – रु. २,०००
३१. प्रकाश थपलिया, गोलाङ, हाल कतार – रु. २,०००
३२. Mountain Guide Sandy, बेलघारी – रु. २,०००
३३. शंकर पाण्डे, गणेशस्थान – रु. २,०००
३४. बसन्त श्रेष्ठ, सिक्टार – रु. १,६००
३५. राजन सापकोटा – रु. १,५००
३६. मोनिका थपलिया पौडेल, इटहरी – रु. १,५००

प्रतियोगिता मंसिर १९ गते बिहान ११ बजेदेखि सुरु भई मंसिर २४ गते समापन हुनेछ । प्रतियोगितामा सहभागी हुन इच्छुक टिमलाई नाम दर्ता गराउन आयोजकले आग्रह गरेको छ ।

अघिल्ला तीन संस्करणका विजेता

चौथो संस्करणको तयारी भइरहँदा यसअघिका प्रतियोगिताका विजेताहरूको चर्चा पनि उत्तिकै छ। तेस्रो त्रिपुरासुन्दरी गोल्ड कप–२०८१ को उपाधि त्रिपुरा सेभेन होर्सेस आगिन्चोकले आयोजक गणेशस्थान युवा क्लबलाई पराजित गर्दै जितेको थियो।

त्यस्तै, दोस्रो त्रिपुरासुन्दरी गोल्ड कप–२०८० को उपाधि डाँडागाउँ (NYC) ले जितेको थियो भने लपाङ युवा क्लब (LYC) उपविजेता बनेको थियो।

पहिलो संस्करण अर्थात् प्रथम त्रिपुरासुन्दरी गोल्ड कप–२०७९ को उपाधि भने आयोजक गणेशस्थान युवा क्लब (GYC) आफैँले जितेको थियो।

स्थानीय खेल प्रतिभाको पहिचान, फुटबल खेलको विकास र सल्यानबेंसी जात्राको रौनक थप्ने उद्देश्यले आयोजना हुँदै आएको गोल्ड कपले यस वर्ष पनि खेलप्रेमी दर्शकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।