तेस्रो त्रिपुरासुन्दरी गोल्ड कप त्रिपुरा सेभेन होर्सेसले जित्यो

Avatar photo
Dhadingpost
बुधबार, मंसिर १९, २०८१

धादिङ । गणेश स्थान युवा क्लव (जीवाईसी) त्रिपुरासुन्दरीले ऐतिहासिक धार्मिक पर्व त्रिपुरासुन्दरी माईको मन्दिरमा लाग्ने न्वागी मेला अर्थात सल्यानबेसी जात्राको अवसरमा आयोजना गरेको “तेस्रो त्रिपुरासुन्दरी गोल्ड कप – २०८१” त्रिपुरा सेभेन होर्सेस आगिन्चोकले जितेको छ ।

आज भएको सेमिफाईनलमा सल्यानबेंशी युथ क्लब सल्यानबेंशीलाई पराजित गर्दै फाईलन पुगेको त्रिपुरा सेभेन होर्सेस आगिन्चोक र GYC “A” (गणेशस्थान) लाई परािजित गर्दै फाईनल पुगेको द राइजिङ विशालनगर आरुघाट बीच आजै फाईनल खेल भएको थियो । उक्त फाईनल खेलमा सेभेन होर्सेसको जितका लागि अमिर सुनुवारले १ गोल गरेका थिए ।

जित सँगै सेभेन होर्सेसले नगद ९९ हजार ९९९ जितेको छ भने उप विजेतामा रोकिएको द राइजिङ आरुघाटले ५५ हजार ५५५ हात पार्न सफल भयो भने, यस प्रतियोगिताका उत्कृष्ट गोल किपर अमिर सुनार, उत्कृष्ट गोलकर्ता रतन छिन्रताङ उत्कृष्ट खेलाडी सुजन गुरुङलाई जनही ३ हजार ३३३ रुपैँया सहित पुरस्कृत गरिएको सुवास थपलियाले धादिङपोष्टलाई जानकारी दिए ।

क्लवका अध्यक्ष मनोज कडेलको सभापतित्वमा भएको विजेता खेलाडीलाई पुरस्कार वितरण समारोहका प्रमुख अतिथि त्रिपुरासुन्दरी गाउँपालिकाका प्रमुख राजु उप्रेतीले नगद सहित पुरस्कार वितरण गरेका थिए । गत वर्ष सम्पन्न “दोस्रो त्रिपुरासुन्दरी गोल्ड कप – २०८०” डाडागाउॅ (DYC) ले जितेको थियो भने लपाङ यूवा क्लव (LYC) लपाङ उप-विजेता भएको थियो ।