दोस्रो त्रिपुरासुन्दरी गोल्ड कप डाँडागाउँले जित्यो

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर २९, २०८०

धादिङ । धादिङको ऐतिहासिक धार्मिक पर्व त्रिपुरासुन्दरी माईको मन्दिरमा लाग्ने न्वागी मेला अर्थात सल्यानबेसी जात्राको अवसरमा गणेश स्थान युवा क्लव (जीवाईसी) ले आयोजना गरेको “दोस्रो त्रिपुरासुन्दरी गोल्ड कप – २०८०” पुरुष फुटबल प्रतियोगिता डाडागाउॅ युवा क्लव (DYC) सल्यानटारले जितेको छ ।

मंसिर २८ गते सम्म चलेको यस प्रतियोगितामा विजेता बन्दै डाडागाउॅ (DYC) ले १ लाख ७७ हजार ७ सय ७७ जित्यो भने उपविजेता बनेको लपाङ यूवा क्लव (LYC) लपाङले ७७ हजार ७ सय ७७ हातपारेको थियो ।

प्रतियोगितामा बेस्ट प्लेयर डाँडागाउँ युवा क्लवका शोक उप्रेती, बेस्ट किपर डाँडा गाउँ कै सदुप उप्रेती, हाइ स्कोरर गणेशथान युवा क्लव बिरेन मगर र अनुशासित खेलाडीमा लपाङ युवा क्लवका सागर पन्त पुरस्कृत भए उनीहरुले आयोजकले उनीहरुलाई ३/३ हजार प्रदान गरेको थियो ।

क्लवका अध्यक्ष मनोज कडेल सभापतित्वमा भएको समापन कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका प्रमुख राजु उप्रेतीले विजेतालाई पुरस्कार वितरण गरेका थिए । गत वर्ष सम्पन्न, प्रथम त्रिपुरासुन्दरी गोल्डकप पुरुष फुटबल प्रतियोगितामा सुनपोखरी युनाईटेडलाई पराजित जीवाईसी आफैले जितेको थियो ।