धादिङ । धादिङको ऐतिहासिक धार्मिक पर्व त्रिपुरासुन्दरी माईको मन्दिरमा लाग्ने न्वागी मेला अर्थात सल्यानबेसी जात्राको अवसरमा आयाेजित प्रथम त्रिपुरासुन्दरी गोल्डकप पुरुष फुटबल प्रतियोगिता जीवाईसीले जितेकाे छ ।
मंसीर ७ गते देखि त्रिपुरासुन्दरी ६ हाँसेपसलमा खेलमैदानमा जारी प्रथम त्रिपुरासुन्दरी गोल्डकपको उपाधी आयाेजक गणेश स्थान युवा क्लव (जीवाईसी) आफैले जितेकाे हाे ।
काेच गणेश थपलिया र म्यानेजर शंकर पाण्डे रहेकाे युवा स्टार खेलाडीहरु विशाल खाँण, शन्तलाल गुरुङ, सुजन स्यानतान, मनाेज पाण्डे, विपिन कडेल, सुरज गुरुङ, सुर्य लामा, अजित थापा मगर, दिपेन्द्र लामा, खिम गुरुङ र श्रीकृष्ण तामाङ सम्मिलित आयाेजक (जीवाईसी) ले सुनपाेखरी युनाईटेडलाई पराजित गर्दै उपाधि हात परेकाे हाे ।
प्रथम गाेल्ड कप हात पारे सँगै जीवाईसीले नगद १ लाख ३३ हजार ३३३ जित्न सफल भयाे भने उपविजेता सुनपाेखरीले नगद ६० हजार ६६६ रुपैयाँ हात पार्याे ।
क्लवका अध्यक्ष मनाेज कडेलकाे अध्यक्षतामा भएकाे प्रतियाेगिता समापन तथा पुरस्कार वितरण समाराेहमा नव निर्वाचित धादिङ २ का सांसद एवम् नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारी, पुर्व सभापति रमेश धमला, नेतृ देवी बुर्लाकाेटी, त्रिपुरासुन्दरी गाउँपालिका प्रमुख राजु उप्रेतीले, वडा अध्यक्ष हरि विश्वकर्मा, प्रमुख प्रशासकिय अधिकृत ईन्द्र खतिवडा लगायतकाे उपस्थिति रहेकाे थियाे । तस्बिर साैजन्य हरिकृष्ण सिटाैला