धादिङमा माओवादी केन्द्रकी सुनमायाँ कामी निर्विरोध निर्वाचित

Avatar photo
Dhadingpost
बुधबार, बैशाख २०, २०७४

दामोदर भट्ट,
धादिङ फुलखर्क बैशाख २० ।
जिल्लाभर मंगलबार उम्मेदवार मनोनयन कार्य सम्पन्न भएको छ । २ नगरपालिका र ११ गाउँपालिका रहेका धादिङ उम्मेदवारी मनोनयन मंगलबार साँझ ५ बजे सम्म गर्ने भनिए पनि राती ८ बजे सम्म जारी राखिएको थियो ।

उम्मेदवारी मनोनय दर्ता गर्ने क्रममा गंगाजमुना वडा १ (सविकको रि) मा दलित महिला सदस्य सुनमायाँ विश्वकर्मा निर्विरोध निर्वाचित भएकी छिन् ।

अन्य दलले उक्त पदको लागि उम्मेदवारी दर्ता नगरेपछि माओवादी केन्द्रकी सुनमायाँ कामी निर्विरोध निर्वाचित भएकी हुन् । माओवादी केन्द्रका गाउँपालिका प्रमुख नवराज अधिकारीले माओवादी केन्द्रको विजयको सुरुवात गाजमुनाबाट भएको बताउनु भयो ।

४ दलका १३१ उम्मेदवारी परेको गंगाजमुनामा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाले मात्र निर्वाचनमा उम्मेदवारी दिएका छन् ।