नीलकण्ठलाई देशकै नमुना नगरपालिका बनाउँछु -भिम ढुङ्गाना

Avatar photo
Dhadingpost
सोमवार, बैशाख ११, २०७४

धादिङबेसी बैशाख ११ । विक्रम संबत् २०२३ सालमा धादिङ जिल्लाको तत्कालिन मुरलीभञ्ज्याङ गाविसमा जन्मिएका ढुङ्गाना सानै देखि निडर, हक्की र स्पष्ट वक्ताका रुपमा चिनिन्छन् ।

२०३७ सालमा नीलकण्ठ मावि धादिङबेशीमा कक्षा ७ मा पढ्दै गर्दा नेबिसंघ जिल्ला सदस्य भएका उनी कक्षा ९ मा पढ्दै गर्दा २०३९ सालमा १६ वर्षको कलिलो उमेरमै नेपाल विद्यार्थी संघ धादिङको अध्यक्ष बन्न सफल भए ।

युवाहरुको माझमा निकै लोक प्रिय छवि बनाएकै कारण उनलाई तत्कालिन पञ्चायती सरकारले विभिन्न झुटो मुद्धा लगाई फसाउने सढ्यन्त्र समेत रच्ये पनि उनी त्यसबाट उम्कन सफल रहे । २०४२ सालमा भएको सत्याग्रहमा गिरफ्तार भई नुवाकोटमा ५ महिने जेल जीवन बिताउन बाध्य भएका उनी २०४६ साल अघि पञ्चहरुको बिरोधमा उत्रीएकै कारण पटक÷पटक हिरासत र जेलमा परे । १४ वर्षसम्म नेपाल विद्यार्थी संघ धादिङको नेतृत्व समालेका उनी २०४९ सालको स्थानिय निकायको चुवाव पछि तत्कालिन मुरलीभञ्ज्याङ गाविसबाट २६ वर्षको उमेरमा गाविस अध्यक्ष बन्न सफल भए । विकास प्रेमी नेताको छवि बनाएकै कारण २०५४ सालको स्थानिय निर्वाचनमा पनि उनी सोही गाबिसबाट पुन अध्यक्ष बन्न सफल भए ।

२०५५ सालमा गाविस राष्ट्रिय महासंघको माहासचिब बने पछि उनको राजनैतिक पृष्ठभुमी झन् फराकिलो हुन पुग्यो । २०५९ सालमा गाविस महासंघको तर्फबाट सडक बोर्डको संस्थागत प्रतिनिधि हुदै २०६० सालबाट फन बोर्डको बोर्ड अफ डाइरेक्टर र चियर मेन भएर कार्य सम्पादन गरेका उनीसंग अन्य बिभिन्न ११ वटा मन्त्रालयमा बोर्ड अफ डाइरेक्टर भएर कार्य सम्पादन गरेको अनुभव समेत रहेको छ । २०४८ सालदेखिनै नेपाली काग्रेस धादिङको बिभिन्न अधिबेशनबाट निरन्तर क्षेत्रीय प्रतिनिधि, महादिबेशन प्रतिनिधि र महासमिति सदस्य बन्न सफल उनी नेपाली कांग्रेसको धादिङ क्षेत्र नं २ का पुर्व सभापति समेत हुन् ।

पार्टीको तेह्रौ महादिबेशनबाट सभापतिको लागि प्रत्याशी बनी झिनो मतले निर्वाचित हुन नसकेका उनी नेपाली कांग्रेस धादिङ लोक प्रिय नेता मानिन्छन् । एक्सन नेपालका अध्यक्ष समेत रहेका उनले बिभिन्न अन्तराष्ट्रिय गैर सरकारी संस्थाको सहयोगमा धादिङ जिल्लाको सबै गाउँपालिका र नगरपालिकामा विकासको लहर पु¥याउन सफल भएका छन् ।

खानेपानी, सडक, कुलो, झोलुङ्गे पुल, जिविकोपार्जन कार्यक्रमलाई गाउँ गाउँसम्म पु¥याउन उनले गरेको मिहेनतलाई धादिङबासीले निकै श्रद्धाका साथ हेर्ने गरेको पाउन सकिन्छ । विकट बस्तीमा विकासको लहर पु¥याउन सफल उनी नेपाली काँग्रेस धादिङको विकास प्रेमी नेताको रुपमा परिचित छन् । नीलकण्ठ नगरपालीकालाई नेपालकै नमुना नगरपालीका बनाउने ५ वर्षे प्रष्ट भिजन आफुसंग रहेको बताउदै मेयर भएको खण्डमा नीलकण्ठ नगरपालिकाको मुहारनै परिवर्तन गर्ने उनको भनाई छ ।

नगरबासीहरुको आशाको किरण बनेका ढुङ्गानालाई मेयरमा जिताउन नगरबासीहरुलाई हतार लागि सकेको र जनताहरुले उनको नेतृत्व चाहेकाले उनको जित सुनिश्चित रहेको एक नेताले धादिङपोष्टलाई बताए ।