लुकाउन खोजिदै धादिङे सुस्माको मृत्यु प्रकरण

Avatar photo
Dhadingpost
मङ्लबार, साउन ११, २०७३

धादिङ साउन ११
om
साधरण खुट्टा सुन्निने रोगका कारण उपचार गर्न गएका धादिङ बुढाथुमकी सुश्माको काठमाडौको चाबहिल स्थित ओम हस्पिटलमा मृत्यु भएको छ । टिचिङ अस्पतालले उनलाई ओम अस्पतालमा रिफर गरेको थियो । ओम अस्पतालमा उनलाई सिटी स्क्यान गर्नका लागि लगाइने सुई दिएपछि उनलाई गाह्रो भयो फल स्वरुप उनको मृत्यु समेत भयो ।

डा. अमरनाथ महतोले सुश्मालाई हेरेका थिए । इन्जेक्सन दिएरमात्र सिटी स्क्यान गरिने हुदा डा महतोले पहिले एउटा मात्र इन्जेक्सन किनेर ल्याउन लेखेर पठाए सिरिन्ज ल्याएपछि थप डोज दिनुपर्ने र थप डोजका लागि अर्को विरामीको इन्जेक्सन आफुसंग भएको र त्यही इन्जेक्सन दिने भनेर महतोले उक्त आधा डोजको इन्जेक्सन लगाए । सो इन्जेक्सन लगाएपछि सुश्मालाई गाह्रो भयो केही छिनमा नै उनको मृत्यु भयो ।

यसरी शुस्माको मृत्यु भएपछि उनका आफन्तले अस्पतालमा प्रदर्शन सुरु गरे फलस्वरुम सोमबारु बिहान १० बजे अस्पताल प्रशासन र पीडित पक्षबीच सहमती भयो । सुश्माका श्रीमान नेपाल आर्मीमा कार्यरत छन । उनका तीन जना सन्तान छन जस मध्य ११ महिनाको कान्छो छोरा अकी सात बर्षकी छोरी र अर्की कक्षा ७ मा पढदेृ गरेकी ११ बर्षैकी ठुली छोरी छन ।

डक्टरको लापरबाहीका कारण मृत्यु भएको भन्दै आफन्तले अस्पताल प्राङगणमा प्रदर्शन जारी राखेपछि पीडितका बालबच्चाको अध्ययनका लागी २१ लाख ५० हजार नगद र बालबच्चाका लगि अस्पताल कर्मचारी सरह ८० प्रतिशत छुटमा उपचार गर्ने गरी सहमती गरिएको पीडित पक्षका ध्रुव बस्र्यौलाले बताए । तर, यस विषयमा अस्पताल प्रशासन भने कुनै जानकारी दिन चाहेको छैन । यो घटनालाई लुकाउन खोजिरहेको छ ।