
धादिङ । नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मकाउको कार्यसमिति सदस्यमा धादिङका नवराज लम्साल पुनः चयन भएका छन् ।
बुधबार मकाउस्थित एशियन फूड रेस्टुरेन्टमा सम्पन्न प्रवासी नेपाली मञ्च मकाउको चौथो राष्ट्रिय अधिवेशनबाट लम्साल कार्यसमिति सदस्यमा पुनः चयन भएका हुन् । उनी यसअघि पनि मञ्चको कार्यसमिति सदस्य थिए ।
अधिवेशनले भक्तपुरका रोजान लामालाई अध्यक्षमा पुनः चयन गरेको छ । नवगठित कार्यसमितिको उपाध्यक्षमा खम्बराज केसी, सचिवमा अमृत गौतम तथा उपसचिवमा सरोज शर्मा वली र सुरेश थापा चयन भएका छन् ।
त्यस्तै, कार्यसमिति सदस्यमा हर्कराज गुरुङ, नवराज लम्साल, सम्झना भुषाल, उदय मानन्धर, दिपेश उप्रेती र रोहित लामिछाने चयन भएका छन् ।
पुनः सदस्यमा चयन भएका लम्साल अन्तर्राष्ट्रिय धादिङ समाजका संयोजकसमेत हुन् ।
