ढाप भञ्ज्याङमा खुल्ला भलिबल प्रतियोगिता जारी

Avatar photo
Dhadingpost
बिहिबार, कार्तिक २, २०७४

धादिङ कार्तिक २ । धादिङको सिद्धलेक र ज्वालामुखि गाउँपालिकाको ढाप भञ्ज्याङमा सुरुभएको भलिबल प्रतियोगिता जारी रहेको छ ।

समाज परिवर्तनका लागि एकजुट मित्रता एवम् स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ ढाप भञ्ज्याङ युवा क्लवको आयोजनामा सुरुभएको खुल्ला भलिबल प्रतियोगिताको फाईनल खेल शुक्रबार (भाईटिकाको अघिल्लो दिन) सम्म चल्ने छ ।

चार समुह बजाई १६ टिमलाई लिग चरणमा खेलाईएको प्रतियोगिताको समुह ग बाट धादिङबेसी स्थित एड्भान्स एकेडेमी समुह विजेता बनेको छ भने आयोजक क उपविजेता बनेका छन् । अन्य समुहमा वितेता र उपविजेता छनौट खेल जारी रहेको छ ।

खुल्ला प्रतियोगिता भएकोले विभिन्न राष्ट्रिय क्लवहरुबाट पनि विभिन्न टिमहरुले खेलाडी ल्याएकाले खेल दिन प्रतिदिन प्रतिस्पर्धात्मक बन्दै गएकोले हर्ने दर्शकहरुको पनि राम्रो उपस्थिति रहेको उत्तम भट्टले जानकारी गराउनु भयो
५०, ३० र २० हजार क्रमस प्रथम, द्धितिय र तृतिय पुरस्कार रहेको यस प्रतियोगिता निम्न टिमहरुले प्रतिस्पर्धा गरेका छन् थिए ।

समुह क
१. रसुवा टिम
२. चक्रदेवि
३. अरुणदय
४. सप्रेमी बि

समुह ख
१. हाईवे इन
२. खड्कदेवी
३. नवक्षितिज
४. पिएसएन

समुह ग
१. तमु युवा समाज
२. एड्भान्स (विजेता)
३. आयोजक ए उप विजेता
४. आयोजक सि

समुह घ
१. आयोजक बि
२. मनकामना
३. जामुने
४. सप्रेमी ए

प्रत्यक समुहबाट छनौट भएका विजेता र उपविजेताहरु बीच शुक्रबार नकआउट चरणमा फाईनल चरणको खेल हुने आयोजकले बताउको छ ।