
धादिङ । धादिङको धुनिबेसी नगरपालिका–खर्कडाँडामा आयोजित चङ्गा चेट प्रतियोगितामा सोम लामा प्रथम भएका छन् ।
लायन्स क्लब अफ धादिङ पिस खानिखोला र लियो क्लब अफ पिस खानिखोलाको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगितामा राजुप्रसाद रिमाल दोस्रो र करुण पाठक तेस्रो भएका छन् ।
प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने प्रतियोगीलाई नगद पुरस्कारसहित सम्मान गरिएको आयोजकले जनाएको छ ।
चङ्गा चेट प्रतियोगिताले चाडपर्वको सांस्कृतिक महत्त्वलाई उजागर गर्नुका साथै स्थानीयस्तरमा आपसी सद्भाव, मनोरञ्जन र सामाजिक एकता प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । फोटो स्रोतः राजाराम डंगोल, पत्रकार





















