धादिङका निसान मल्ल दशौं राष्ट्रिय खेलकुदका लागि छनोट

Avatar photo
Dhadingpost
कार्तिक ३०, २०८३

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ४ कार्की गाउँका निसान मल्ल दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशबाट कराते विधामा छनोट भएका छन् ।

धुनीबेसीका कराते प्रशिक्षक मिथुन घिसिङका अनुसार बालाजु कराते डोजोका मल्लले ७५ केजी तौल समूहको प्रदेश छनोट प्रतियोगितामा स्वर्ण पदक जित्दै राष्ट्रिय खेलकुदमा स्थान सुरक्षित गरेका हुन् ।

प्रदेश छनोट प्रतियोगितामा धादिङका सन्देश घले र समीक्षा ढुङ्गाना भने कास्य पदकमा सीमित भएका छन् । कास्य पदक जितेका उनीहरू दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट हुन सकेनन् ।

निसान मल्लको छनोटसँगै दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कराते विधामा बागमती प्रदेशको प्रतिनिधित्व गर्ने अवसर प्राप्त भएको छ ।