
धादिङ । धादिङको रुबी भ्याली गाउँपालिका–लापा ठूलो गाउँस्थित खेल मैदानमा सम्पन्न ९ ए साइड फुटबल प्रतियोगिताको उपाधि गंगाजमुना एफसीले जितेको छ ।
शहिद स्मृति प्रतिष्ठान रुबी भ्यालीले आयोजना गरेको प्रतियोगितामा जेपिटी एफसी लापा ठूलो गाउँ दोस्रो भएको छ भने ब्राङ्स एफसीले तेस्रो स्थान हासिल गरेको छ ।
प्रतियोगितामा प्रथम भएको गंगाजमुना एफसीले नगद ४५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । त्यसैगरी दोस्रो भएको जेपिटी एफसीले २० हजार रुपैयाँ र सान्त्वना पुरस्कारतर्फ ७ हजार रुपैयाँ प्रदान गरिएको आयोजकले जनाएको छ ।
लापा ठूलो गाउँस्थित खेल मैदानमा सम्पन्न प्रतियोगिताले स्थानीय क्षेत्रमा फुटबल खेलको विकास तथा खेलाडीको प्रतिभा उजागर गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।





















