धादिङ क्षेत्र नं. २ स्तरीय खेलकुद प्रतियोगिता जारी (छात्रा भलिबलमा एड्भान्स प्रथम)

Avatar photo
Dhadingpost
शनिबार, माघ १६, २०७२

धादिङबेसी माघ १५ । पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत धादिङ निर्वाचन क्षेत्र नं. २ को विद्यालय स्तिरीय प्रतियोगिता जारी रहेको छ । केहि खेल सकिएका छन् भने केहि खेलहरु भोली हुने छन् ।
पुरुष तर्फको भलिबल खेल र कबड्डी खेल १७ गते (भोली) बिहान ७ बजे देखि सुरु गर्ने आयोजकले बताएको छ ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ सुरुभएको प्रतियोगिता युवा तथा खेलकुद मन्त्री सत्यनारायण मंडलले उद्घाटन गर्नु भएको थियो ।

प्रत्यक खेलको अंक स्कोरको आधारमा कुन विद्यालयले कुन विधाको खेलमा कति अंक ल्यायो त्यहि आधारमा क्षेत्रिय रुपमा विद्यालय पुरस्कृत हुने भए पनि हरेक खेलका प्रथम, दितिय र तृतिय हुने समुह र व्यक्तिलाई जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग दिन पाउने छन् ।
सकियो छात्रा भलिबलमा एड्भान्स एकेडेमी प्रथम
हिजो देखि सुरु भएको पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत धादिङ निर्वाचन क्षेत्र नं. २ को खेल एड्भान्स एकेडेमी नलिकण्ठले जितेको छ । आज भएको फाईनल खेलमा चिल्ड्रनपार्क आवसिय उच्च माविलाई हराउदै एड्भान्स एकेडेमी प्रथम भएको हो ।
त्यस्तै चिल्ड्रनपार्क आवसिय उच्च मावि दितिय भएको छ भने गत वर्षको प्रथम स्थान जित्ने सत्यवती उमावि कल्लेरी यस वर्ष भैरवी उमाविलाई हराउँदै तृतिय स्थानमा झरेको छ । यी ३ वटै टिम जिल्ला स्तरीय छात्रा भलिबल खेलको लागि छनौट भएका छन् ।