जिल्ला स्तरीय भलिबलको उपाधी एड्भान्स एकेडेमीले चुम्यो

Avatar photo
Dhadingpost
आइतवार, फाल्गुन २६, २०७५

धादिङ फागुन २६ । धादिङबेसीमा भएको जिल्ला स्तरीय भलिबलको उपाधी आयोजक एड्भान्स एकेडेमीले चुमेको छ ।

१०९ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा लैंङ्गिक समानताका लागि समान सोच र ब्यवहारः समृद्धिको आधार भन्ने नाराको साथ एड्भान्स एकेडेमीले आयोजना गरेको माध्यामिक विद्यालय स्तरीय छात्र भलिबल प्रतियोगितामा आयोजक एड्भान्स एकेडेमीले नै चुमेको हो ।

आज भएको फाइनलखेलमा रुबीभ्याली गाउँपालिकाबाट सहभागी मुक्रापदेवी माविलाई लगातार ३ सेट हराउँदै एड्भान्सले उपाधी चुमेको थियो ।

यो सँगै यस भलिबल प्रतियोगितामा मुक्रापदेवी मावि द्धितिय, नीलकण्ठ मावि र धादिङबोर्डिङ तृतिय भएका छन् ।

७ वटा सरकारी विद्यालय र ५ वटा नीजी विद्यालय सहभागि यस प्रतियोगिता शुक्रबारबाट एड्भान्स एकेडेमीको खेल मैदानमा भएको थियो ।

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु.३० हजार सहित मेडल, प्रमाणपत्र र कप, द्धितिय हुने टिमलाई नगद रु.१५ हजार सहित मेडल, प्रमाणपत्र र कप, यस्तै तृतिय हुने २ टिमलाई रु.५–५ हजार मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

यस प्रतियोगिता बारे यस अघिका समाचारहरु
फाइनलमा पुगे एड्भान्स र मुक्रापदेवि
एड्भान्स एकेडेमीमा जिल्ला स्तरीय भलिबल प्रतियोगिता सुरु
एड्भान्स एकेडेमीले जिल्ला स्तरीय भलिबल प्रतियोगिता गर्दै
जिल्ला स्तरीय भलिबल प्रतियोगिताको लागि टिम दर्ता गर्नेबारे सूचना