धादिङमा आवास डल्लाकोटीको अध्यक्षतामा ई–स्पोर्टस संघ गठन, तिहारलगत्तै प्रतियोगिता गर्ने

Avatar photo
Dhadingpost
अशोज २०, २०८३

धादिङ । धादिङमा पहिलोपटक जिल्ला ई–स्पोर्टस संघ गठन गरिएको छ । बेनिघाट रोराङ गाउँपालिका–७, चरौँदीमा सम्पन्न भेलाले आवास डल्लाकोटीको अध्यक्षतामा जिल्ला ई–स्पोर्टस संघ धादिङको कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

धादिङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रतापसिंह तामाङको प्रमुख आतिथ्यता तथा बागमती प्रदेश ई–स्पोर्टस संघका अध्यक्ष रविन जंग बस्नेतको आतिथ्यतामा भेला सम्पन्न भएको थियो ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा विशेष सिवाल र सपना दाहाल, सचिवमा कुसुम उप्रेती तथा कोषाध्यक्षमा अश्विन दुवाडी चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा नविन उप्रेती, सिर्जन पाण्डे, असल अधिकारी र प्रनित भट्ट चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष आवास डल्लाकोटीले धादिङमा पहिलोपटक ई–स्पोर्टस प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको बताएका छन् । उनका अनुसार तिहारलगत्तै प्रतियोगिता आयोजना गरिनेछ ।

डल्लाकोटीले जिल्लामा ई–स्पोर्टसको विकास, खेलाडीको पहिचान र अवसर सिर्जना गर्न संघले आगामी दिनमा विभिन्न गतिविधि सञ्चालन गर्ने बताए ।

नवनिर्वाचित कार्यसमिति

  • अध्यक्ष: आवास डल्लाकोटी
  • उपाध्यक्ष: विशेष सिवाल
  • उपाध्यक्ष: सपना दाहाल
  • सचिव: कुसुम उप्रेती
  • कोषाध्यक्ष: अश्विन दुवाडी
  • सदस्य: नविन उप्रेती
  • सदस्य: सिर्जन पाण्डे
  • सदस्य: असल अधिकारी
  • सदस्य: प्रनित भट्ट