धादिङमा एड्भान्स र राइजिङ भिलेज बीच भिडन्त, प्याब्सन कप जारी

Avatar photo
Dhadingpost
शनिबार, फाल्गुन ५, २०७४

अमृत तामाङ
धादिङबेसी फागुन ५ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ नारा दिएर सुरुभएको प्याब्सन कप धादिङको भलिबल तर्फ धादिङबेसी स्थित एड्भान्स एकेडेमी र धादिङ बैरेनी गाउँपालिका गल्छीमा रहेको राइजिङ भिलेज बीच कडा टक्कर परेको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल– प्याब्सनमा आवद्ध स्कुल बीच गराइएको जिल्ला स्तरीय खेलकुद प्रतियोगिताको भलिबलमा छात्रा तर्फ राइजिङ भिलेजले एड्भान्स एकेडेमीलाई हराउँदै प्रथम भएको छ भने कडा प्रतिस्पर्धा गरेको एड्भान्स एकेडेमी दोस्रोमा चित्तबुझाएको थियो । यस्तै आइतबार बीहान हुने छात्र तर्फको भलिबलमा पनि एड्भान्स एकेडेमी र राइजिङ भिलेज बीच नै प्रतिस्पर्धा हुने भएको छ ।

आज भएको खेलमा एड्भान्स एकेडेमीले चिल्ड्रेनपार्कलाई हराउँदै फाइनल प्रवेस गरेको हो भने राइजिङ भिलेज बैरेनीले मुनाल एकेडेमीलाई हराउँदै फाइनल प्रवेस गरेको हो ।

धादिङबेसी स्थित चिल्ड्रेनपार्क आवसिय माध्यमिक विद्यालयको प्राङ्गणमा जारी अन्तर विद्यालय स्तरीय यस प्रतियोगितामा प्याब्सनमा आवद्ध भएका ३८ विद्यालयको सहयोग रहेको खेलकुद प्रतियोगिता तर्फ भलिबलमा छात्रा तर्फ ६ विद्यालय र छात्र तर्फ ९ वटा विद्यालयले प्रतिस्पर्धा गरि रहेका छन् ।


प्रतियोगितामा म्याराथुन ३ हजार मिटर दौड, सिनियर एथ्लेष्टिक र जुनियर एथ्लेष्टिक सम्पन्न भएको छ सबै खेलको अंकल स्कोरको आधारमा सबै भन्दा धेरै अंक ल्याउने विद्यालयले प्याब्सन कप चुम्ने प्याब्सन धादिङका अध्यक्ष गोविन्द बुढाथोकीले धादिङपोष्टलाई बताए ।