सरस्वती पुजाको अवसर पारेर खेलकुद सप्ताह सुरु

Avatar photo
Dhadingpost
सोमवार, माघ १२, २०७१

bisnuमाघ १२ धादिङबेसी । एड्भान्स एकेडेमीले सरस्वती पुजाको अवसर पारेर खेलकुद सप्ताह मनाई रहेको छ । अभिभावकहरुलाई समेत खेलकुद प्रतियोगितामा सहभागी गराई सातै दिन अभिभावकहरुले खेलकुदमा भाग लिने र प्रथम दितिय र तृतिय हुने अभिभावकलाई पुरस्कारको व्यवस्था पनि गरिएको विद्यालयका प्रिन्सिपल गोविन्द बुढाथोकीले बताउनु भयो । एड्भान्स एकेडेमीले आईतवार देखि साताव्यापी रुपमा अन्तर सदन अन्तरगत भलिबल, दौड, गित तथा नृत्य संचालन गर्ने बतायएको छ ।
यसैगरी सदरमुकाम धादिङबेसीमा रहेको निलकण्ठ उच्च मावि, धादिङ आवाशिय उच्च मावि, चिल्ड्रेनपार्क उच्च मावि, एड्भान्स एकेडेमी लगायतका विद्यालयहरुले आ आफ्नै ढंगबाट सरस्वती पुजा मनाएका छन् । मन्दिर पाठशाला तथा घरमा सरस्वतीको पुजा अराधना गर्नाले विद्या प्राप्ति हुने धार्मिक विश्वास छ ।