धुनीबेसीको राष्ट्रपति रनिङ शिल्डमा भुवनेश्वरी फेरि च्याम्पियन

Avatar photo
Dhadingpost
कार्तिक २०, २०८३

धादिङ । धादिङको धुनीबेसी नगरपालिकामा आयोजित १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भुवनेश्वरी माध्यमिक विद्यालय फेरि च्याम्पियन बनेको छ । गत वर्ष सम्पन्न १५औँ संस्करणको उपाधि पनि भुवनेश्वरी धार्केले नै जितेको थियो ।

भुवनेश्वरी माध्यमिक विद्यालयमा सञ्चालन भएको प्रतियोगितामा नगरपालिकाभित्रका २१ माध्यमिक विद्यालयका करिब ८०० विद्यार्थी खेलाडी सहभागी भएका थिए । प्रतियोगितामा भुवनेश्वरीले १४ स्वर्ण पदक जित्दै प्रथम स्थान हासिल गरेको हो ।

त्यस्तै, मच्छिन्द्र माध्यमिक विद्यालयले १० स्वर्ण पदकसहित द्वितीय र महेशधर्म माध्यमिक विद्यालयले ६ स्वर्ण पदकसहित तृतीय स्थान हासिल गरेका छन् ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः ३० हजार, २० हजार र १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोह आज बिहान ११ बजे सुरु हुने आयोजकले जनाएको छ ।

गत वर्ष सम्पन्न १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पनि भुवनेश्वरी माध्यमिक विद्यालय च्याम्पियन बनेको थियो । उक्त प्रतियोगितामा महेशधर्म माध्यमिक विद्यालय पुरनडाँडा दोस्रो, मच्छिन्द्र माध्यमिक विद्यालय खानीखोला तेस्रो र कालीदेवी आधारभूत विद्यालय गौचरण चौथो भएका थिए ।