
धादिङ चैत्र २८ । नीलकण्ठ नगरपालिकाले शुक्रबार देखि आयोजना गरेको अन्तर माध्यमिक विद्यालय स्तरीय छात्र र छात्रा भलिबल प्रतियोगिताको फाईनल खेल आईतबार हुने खेल व्यवस्थापन गरिरहेको नीलकण्ठ माध्यामिक विद्यालयका शिक्षक उत्तम भट्टले जानकारी दिनु भएको छ ।
छात्र तर्फ अझै ग्रुप स्तरका खेल बाँकी रहेको छ भने आज भएको छात्रा तर्फको सेमि फाईनल खेलमा एड्भान्स एकेडेमीले कालिका आविलाई र पञ्चकन्या माविले प्रकाश माविलाई प्रराजित गर्दै एड्भान्स र पञ्चकन्या फाईनल प्रवेस गरेको शिक्षक उत्तम भट्टले धादिङपोष्टलाई बताउनु भयो ।
नीलकण्ठ नगरपालिकामा अन्तर मावि स्तरीय भलिबल सुरु

नीलकण्ठ नगरपालिका भित्र २७ वटा सरकारी र ५ वटा गैर सरकारी गरी ३२ वटा माध्यामिक विद्यालय रहेको भएता पनि यस प्रतियोगितामा छात्र तर्फ १८ वटा विद्यालय र छात्रा तर्फ ११ वटा विद्यालयले मात्रै सहभागिता जनाएका छन् ।