नीलकण्ठ नगरपालिकामा अन्तर मावि स्तरीय भलिबल सुरु

Avatar photo
Dhadingpost
शुक्रबार, चैत्र २७, २०७७

धादिङ चैत्र २७ । नीलकण्ठ नगरापालिकाको आयोजनामा र नीलकण्ठ माध्यामिक विद्यालयको व्यवस्थापनमा आजबाट अन्तर मावि स्तरीय छात्रा र छात्रको भालिबल प्रतियोगिता सुरु भएको छ ।

नीलकण्ठ माध्यामिक विद्यालयका शिक्षक उत्तम भट्टका अनुसार भोलि बिहानबाट हुने उक्त प्रतियोगितामा छात्र तर्फ १८ वटा विद्यालय र छात्रा तर्फ ११ वटा विद्यालयको टिमले सहभागिता जनाएका छन् ।

शुक्रबार बिहान एक कार्यक्रमका बीच नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुङ्गाना प्रमुख आतिथ्यतामा यस ३ दिने नगर स्तरीय भलिबल प्रतियोगिता उद्घाटन गरिएको थियो । उद्घाटन कायक्रममा शिक्षा विकास तथा समन्वय इकाई धादिङका प्रमुख अम्बिका प्रसाद आचार्यको विशेष आतिथ्यता र नीलकण्ठ माध्यामिक विद्यालयका प्राधानाध्यापक ध्रुव अधिकारीको आतिथ्यता रहेको थियो ।

नीलकण्ठ नगरपालिकामा २७ वटा सरकारी र ५ वटा गैर सरकारी गरी ३२ वटा माध्यामिक विद्यालय छन् ।