जिल्ला स्तरीय भलिबलको फाइनलमा पुगे एड्भान्स र मुक्रापदेवि

Avatar photo
Dhadingpost
शनिबार, फाल्गुन २५, २०७५

रामकुमार श्रेष्ठ
धादिङ फागुन २५ ।
धादिङ जिल्ला स्तरीय भलिवल प्रतियोगिताको फाइनलमा धादिङबेसी स्थित एड्भान्स एकेडेमी र रुबीभ्याली गाउँपालिका स्थित मुक्रापदेवि माध्यामिक विद्यालय पुगेका छन् ।

१०९ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा लैंङ्गिक समानताका लागि समान सोच र ब्यवहारः समृद्धिको आधार भन्ने नाराको साथ एड्भान्स एकेडेमीले आयोजना गरेको माध्यामिक विद्यालय स्तरीय छात्र भलिबल प्रतियोगितामा सेमिफाइनल पार गर्दै यी दुई विद्यालय फाइनल पुगेका हुन् ।

गल्छी गाउँपालिकका स्थित गल्छीको द राइजिङ भिलेज र चिल्ड्रेनपार्कलाई हराउँदै सेमीफाइनल पुगेको धादिङ बोर्डिङलाई र न्यू किबो बोर्डिङ धादिङबेसी, चन्द्रोदय मावि विशालटार लाई हराउँदै सेमिफाईलन पुगेको एड्भान्स एकेडेमीले धादिङ बोर्डिङ हराउँदै फाईनल प्रवेस गरेको हो ।

यस्तै एड्भान्स एकेडेमी बी, पशुपति मावि साँङ्कोसलाई हराउँदै समेमिफाईनल पुगेको मुक्रापदेवि मावि रुबीभ्यालीले कालिका मावि धुषा, गणेश कुण्ड माविलाई हराउँदै सेमिफाईनल पुगेको नीलकण्ठ माविलाई हराउँदै फाईनल प्रवेस गरेको हो ।

फाईनल खेल आईतबार दिनको ठिक १ बजे एड्भान्स एकेडेमीको खेल मैदानमा हुने आयोजक एड्भान्स एकेडेमीका एशोसिएट प्रिन्सिपल भिम श्रेष्ठल बताए ।

धादिङका प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेय एक औपचारिक कार्यक्रमका बीच शुक्रबार उद्घाटन गरेका तीन दिने उक्त भलिबल प्रतियोगितामा जिल्लाभरका विभिन्न माध्यामिक विद्यालयका १२ टिमले भाग लिएका छन् ।

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु.३० हजार सहित मेडल, प्रमाणपत्र र कप, द्धितिय हुने टिमलाई नगद रु.१५ हजार सहित मेडल, प्रमाणपत्र र कप, यस्तै तृतिय हुने २ टिमलाई रु.५–५ हजार मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले बताएको छ ।

यस प्रतियोगिता बारे यस अघिका समाचारहरु
एड्भान्स एकेडेमीमा जिल्ला स्तरीय भलिबल प्रतियोगिता सुरु
एड्भान्स एकेडेमीले जिल्ला स्तरीय भलिबल प्रतियोगिता गर्दै
जिल्ला स्तरीय भलिबल प्रतियोगिताको लागि टिम दर्ता गर्नेबारे सूचना