धादिङको एड्भान्स एकेडेमी क्वाटर फाइनल प्रवेश

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक १४, २०७४

धादिङ कात्तिक १५ । काठमाडौमा जारी यू-१८ राष्ट्रिय खुल्ला भलिबल प्रतियोगितामा धादिङको प्रतिनिधित्व गरेको एड्भान्स एकेडेमी क्वाटर फाइनल प्रवेश गरेको छ ।

लिग चरणको पहिलो खेलमा मोरङ सँग पराजित भएको धादिङको एड्भान्स एकेडेमीले मंगलबार ललितपुरको नमुना एकेडेमी पराजित गर्दै क्वाटर फाइनल प्रवेश गरेको हो । एउटै पोलमा परेका एड्भान्स एकेडेमी, मोरङ र नमुना मध्य पहिलो लिग चरणमा १ टिम आउट हुने क्रममका पोल विजेता मोरङ र उपविजेता बन्दै एड्भान्स एकेडेमी धादिङ क्वाटर फाइनल प्रवेश गरेको छ ।

देश भरिबाट २३ पुरुष र १६ महिला टिमले भाग दिएको यस प्रतियोगितामा उमेर हद बन्दी यू–१८ राखे पनि आयोजकको आँखा छल्दै २०(२४ वर्षका खेलाडी समेत खेलमा समावेस गरिएको खेल दर्शकले बताएका छन् । यू-१८ वर्षका खेलाडी रहेको टिमले क्वाटर फाईनल पछिको यात्रा गर्न निकै कठिन रहेको अड्कलबाजी दर्शकहरुले गर्न थालेका छन् ।

क्वाटर फाइनलमा, फाइनलमा पुग्ने आकलन गरिएको Glacier College Kathamandu सँग बुधबार बिहानको पहिलो खेल एड्भान्सले सामना गर्ने भएको छ । प्रतियोगितामा १ लाख प्रथम पुरस्कार, दितिय पुरस्कार ६० हजार र तृतीय पुरस्कार ३५ हजार रहेको छ ।