
धादिङ । प्रजातन्त्र दिवसको अवसरमा धादिङबेसी स्थित एड्भान्स एकेडेमीले मैत्रिपूर्ण छात्रा भलिबल प्रतियोगिताको आयोजना सम्पन्न गरेको छ । उक्त प्रतियोगितामा ४ विद्यालयले सहभागिता जनाएका थिए ।
सिद्धलेक गाउँपालिकाबाट दुई विदालयहरु जलेश्वरी मावि सलाङ र पत्ले मावि नलाङ, नीलकण्ठ नगरपालिकाबाट प्रकाश मावि काउले र आयोजक एड्भान्स एकेडेमीका छात्राहरुले खेलेका थिए ।
यस मैत्रिपूर्ण खेलले विद्यलयको सम्बन्ध सुदृढ पनि हुने र खेलाडीहरु पनि घुल मुल हुने खेल विकासमा थप उत्साह पैदा हुने आयोजक विद्यालय एड्भान्सका खेल शिक्षक अमृत तामाङ बताउँछन् ।