धादिङ चैत्र २५ । जिल्ला खेलकुद विकास समिति धादिङको समन्वय र एड्भान्स एकेडेमीको आयोजनामा चैत्र २६ गते देखि धादिङ प्रतिनिधि सभा क्षेत्र नं २ स्तरीय सातौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ ।
“स्वास्थ्यका लागि खेलकुद , राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ माध्यमिक विद्यालय स्तरीय प्रतियोगिताको तयारी पुरा भएको एडभान्स एकेडेमीका एसोशिएट प्रिन्सिपल भिमबहादुर श्रेठले धादिङपोष्टलाई बताए ।
धादिङ क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य खेम प्रसाद लोहनीले उद्घाटन गर्ने उक्त रनिङ शिल्ड प्रतियोगितामा यस वर्ष नीजि क्षेत्रका विद्यालयहरु समेत सहभागि हुने भएका छन् ।
गत वर्ष नीजि क्षेत्रका विद्यालय र सरकारी विद्यालय बीच राज्यले विभेद गरेको भन्दै नीजि क्षेत्रका विद्यालयहरु प्रतियोगितामा सहभागी नहुँदा खेलमा सुन्दरता र समानता देखिएको थिएन ।
सरकारी तथा नीजि विद्यालयमा पढ्ने १८ ननाघेको +२ सम्मका अध्ययनरत विद्यार्थीहरुले प्रतियोगितामा भाग लिने छन् ।
प्रतियोगितामा समावेश गराइने खेलहरु
एथ्लेटिक्स
छात्रस् १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, ५००० मिटर, ४×१०० मिटर र ४×४०० मिटर रिले ।,
छात्रास् १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, ५००० मिटर, ४×१०० मिटर र ४×४०० मिटर रिले ।
फिल्ड तर्फ
छात्रास् हाइजम्प, लङ्गजम्प, त्रिपलजम्प, ज्याभालिङ्ग थ्रो ६०० ग्राम र सटपुट ८ पाउण्ड ।
छात्रस् हाइजम्प, लङ्गजम्प, त्रिपलजम्प, ज्याभालिङ्ग थ्रो ८०० ग्राम र सटपुट १२ पाउण्ड ।
कराँते (सितेरियो)
छात्र:४२ के.जी.,४७ के.जी, ५२ के.जी., र काता एकल
छात्रा: ४० के.जी., ४५ के.जी., ५० के.जी., र काता एकल
तेकवान्दो
छात्र: ४५ के.जी., ४८ के.जी. र ५१ के.जी.
छात्रा: ४२ के.जी., ४४ के.जी. र ४६ के.जी.
उसु
छात्र: Chang Quan, Nan Quan and Taiji Quan
छात्रा:Chang Quan, Nan Quan and Taiji Quan
छात्र र छात्रा,
कबड्डी
छात्र र छात्रा