प्याब्सन स्तरीय भलिबल छात्रा र छात्र दुबै एड्भान्सले जित्यो

Avatar photo
Dhadingpost
आइतवार, पुस २४, २०७३

धादिङ पौष २४ । नीजि तथा आबासीय बिद्यालय अर्गनाइजेशन नेपाल (प्यब्सन) धादिङ जिल्ला स्तरीय भलिबल प्रतियोगिता छात्रा र छात्र दुबै धादिङबेसी स्थित एड्भान्स एकेडेमीले जितेकको छ ।

धादिङबेसी स्थित सुनगाभा एकेडेमीको संयोजनमा सम्पन्न भएको भलि बल प्रतियोगितामा छात्रा तर्फ द राईजिङ भिलेज बैरेनीलाई र पुरुष तर्फ सुनगाभा एकेडेमी धादिङबेसीलाई पराजित गरि एड्भान्स एकेडेमी धादिङबेसीले प्रतियोगिता जितेको हो ।

धादिङका ३४ विद्यालयहरु सदस्य रहेको प्याब्सन धादिङको आयोजनामा भएको खेलकुद प्रतियोगितामा १४ वटा विद्यालयहरुले भाग लिएको मध्य प्यब्सन धादिङका अध्यक्ष गोविन्द बुढाथोकि प्रिन्सिपल रहेको स्कुल एड्भान्स एकेडेमीले नै भालिबल प्रतियोगिता जितेको थियो ।

पौष २२ गते उदुघाटन गरी आज समापन गरिएको खेलकुद प्रतियोगितामा हाईजम, लङ्जम, सटपुट लगायतका खेलहरुको पनि प्रतियोगिता गराईएको थियो ।