एड्भान्समा पढ्ने अन्जना राष्ट्रिय प्रतियोगितामा तस्रो भईन

Avatar photo
Dhadingpost
बिहिबार, जेष्ठ १०, २०७५

अमृत तामाङ
धादिङ जेठ १० । धादिङबेसी स्थित एड्भान्स एकेडेमी कक्षा ५ मा अध्यनरत छात्रा अन्जना गुरुङ  ३ नम्बर प्रदेश हुँदै प्रथम उपराष्ट्रिपति चिल्ड्रने गेम्स -०७५प्रतियोगितामा तृतिय स्थान हासिल गर्न सफल बनेकी छिन् ।

प्रथम उपराष्ट्रिपति चिल्ड्रने गेम्स  तेक्वान्दोमा  खेलमा २९ केजि समूहमा ३ न. प्रदेशबाट छनौट भर्इ, राष्ट्रिय स्तरको प्रतिस्पर्धामा तृतिय स्थान हासिल गरेकी हुन् ।

३ नंबर प्रदेशको खेलमा धादिङ जिल्लाबाट विभिन्न विद्यालयका विद्यार्थीहरु छनौट हुँदै प्रदेश स्तरीय उपराष्ट्रपति कपमा भाग लिएका थिए ।

धादिङबाट प्रदेश स्तरिय खेलका लागि छात्रातर्फ २९ किलो तौल समुह अन्जना गुरुङ, ३३ किलो तौल समुह दिपा कोइराला र ३७ किलो तौल समूह प्रमिला गुरुङ छनौट भएका थिए ।

यस्तै छात्रतर्फ ३३ किलो तौल समुह दिल बाहादुर थापा मगर, ३७ किलो तौल समुह दिपेन्द्र ठकुरी र ४१ किलो तौल समूह महेश लामा छनौटमा परेका थिए ।

प्रदेश स्तरिय छनौट प्रतियोगिताबाट दास्रो हुँदै एड्भान्स एकेडेमीमा अध्यनरत अन्जना गुरुङ र नीलकण्ठ उच्च माविबाट दिल बाहादुर थापा मगर राष्ट्रिय प्रतियोगितामा सहभागि थिए ।

यी दुई जनाले धादिङ हुँदै प्रदेशबाट राष्ट्रिय प्रतियोगितामा भाग लिए पनि गुरुङले मात्र तृतिय स्थान हासिल गरेको जिल्ला खेलकुद विकास समिति धादिङका कार्यालय प्रमुख कृष्णलाल श्रेष्ठले बताए ।