धादिङ । नीलकण्ठ नगरपालिका १४ मा कुपा युवा समाजले गत वर्षमा जस्तै विजय दशमीको पावन अवसर कार्तिक ६ गते देखि आयोजना गरेको खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधी धादिङ नीलकण्ठ १४ स्थित विद्यार्थी उपकार संघ पात्लेलाई पराजित गर्दै कन्यास्थान युवा क्लव (पुरानो पानी) मेघाङ नुवाकोटले जितेको छ ।
आज सम्पन्न फाईनलमा निधारित समयमा दुबै टिमबाट ३–३ गोल भएपछि भएको पेनाल्टी सुटमा विद्यार्थी उपकार संघ पात्लेबाट खेलेका एन्फा धादिङका उपाध्यक्ष समेत रहेका सुरेश तामाङको पेनाल्टी सुट पोष्टबाट बाहिर गएपछि पुरानो पानी नुवाकोटले प्रतियोगिताको उपाधी आफ्नो पक्षमा पार्दै नगद ५० हजार ५०० जित्यो भने उपविजेता विद्यार्थी उपकार संघले ३० हजार ५०० पायो । आजै सम्पन्न तेस्रो कुपा कप अन्तरगत भएको १० किलोमिटर दौड बैतडीका नरेन्द्र रावतले जितेका छन् उनले २० हजार हात पारे भने दोस्रो पनि बैतडीकै मोहन देव जोशी बने उनी गत साल सम्पन्न दोस्रो कुपा कपको विजेता थिए ।
विजेताहरुलाई प्रमुख अतिथि नीलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुङ्गान, विशेष अतिथि दिपक विश्वकर्मा र वडाअध्यक्ष नवराज दुवाडीले पुरस्कार प्रदान गरेका थिए । पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख ढुङ्गानाले कुपा युवा समाजको निमाणाधिन भवनलाई नीलकण्ठ नगरपालिकाले पूर्णता दिने बताएका थिए । यस्तै विशेष अतिथि नगरपालिका उप प्रमुख विश्वकर्माले जनताको बीचमा बाचा गरिएका एक एक प्रतिवद्धता नोट गरिएको र चुनाव अघि कुपा गाउँमा गरिएको प्रतिवद्धता पुरा गरिने बताएका थिए ।
गत वर्षको कुपा कपमा पनि ४० टिमले नै भाग लिएका थिए । गत वर्ष सम्पन्न दोस्रो कुपा कप फुटबलको उपाधी थर्पु युवा क्लब नेत्रावती डवजोङले जितेको थियो भने दोस्रो खुल्ला कुपा १० किलो मिटर दौड मोहन देव जोशीले जितेका थिए । यस्तै पहिलो कुपा कप फुटबल प्रतियोगितामा ३६ टिम सहभागी थिए जस मध्य भङ्गेरी युवा क्लब धुवाकोट विजेता भएको थियो ।
यस अघि कुपा गाउँमा भएका खेलकुद गतिविधि
- दोस्रो कुपा कप मेघाङलाई हराउँदै थर्पुले जित्यो
- कुपा कपको फाईनल आज साथमा रोटेपिङ प्रतियोगिता
- कुपा कप फाईनलको दिन दौड र रोटेपिङ प्रतियोगिता हुने
- झरीले रोकिएको कुपा कप आजबाट पुन: जारी
- कुपा कप फुटबलको आज दोस्रो दिन हुने खेलहरु
- कुपा कप फुटबल आज देखि ४० टिम सहभागि (खेल तालिका समेत)
- धादिङमा कुपा कप फुटबल र म्याराथन असोज १८ बाट हुने
- धादिङको कुपा कप भलिबल कोरोनाका कारण स्थगित
- कुपा गाउँमा माघ १६ देखि खुल्ला भलिबल प्रतियोगिता हुने
- धादिङको कुपा गाउँमा फुटबल र म्याराथुन प्रतियोगिता सम्पन्न
- कुपा गाउँमा फुटबलको फाईनल र मिनी म्याराथुन भोली
- धादिङको कुपा गाउँमा फुटबल जारी, म्याराथुन ३ गते हुने, (आर्थिक सहयोगीको नाम समेत)
- धादिङको कुपा गाउँमा फुटबल सुरु, ३६ टिम सहभागि