
धादिङ । ४० टिमले प्रतिस्पर्धा गरेको धादिङ नीलकण्ठ १४ कुपा गाउँमा भएको कुपा कप खुल्ला अन्तरक्लव स्तरी फुटबलको उपाधि नवस्टार युवा क्लब मेघाङ नुवाकोटलाई पराजित गर्दै थर्पु युवा क्लब नेत्रावती डवजोङ धादिङले जितेको छ । कुपा युवा समाज नीलकण्ठ १४ ले आयोजना गरेको यस प्रतियोगिता विजयीहरु थर्पु युवा क्लबले प्रथम भए सँगै ३३ हजार ३३३ र उप विजेता नवस्टारले १५ हजार ५१५ मा चित्त बुझायो ।
फुटबल समापन सँगै भएको खुल्ला दौंड प्रतियोगितामा मोहन देव जोसी प्रथम भएका थिए । विजेताले १५ हजार र उप विजेताले ८ हजार प्राप्त पाएका छन् । नीलकण्ठ नगरपालिकाका उप मेयर दिपक विश्कर्माको प्रमुख आतिथ्यता, वडा अध्यक्ष नवराज दुवाडी लगायतको आतिथ्यतामा भएको पुरस्कार वितरण कार्यक्रममा सांस्कृतिक प्रस्तुतिका लागि लोकप्रिय कलाकार मनमाया वाइवा र रितु तामाङ समेत पुगेका थिए ।
गत वर्षको पहिलो कुपा फुटबल र म्याराथुन प्रतियोगिता बारे
पहिलो कुपा फुटबल ३६ टिमले भाग लिएका थिए भने ५८ जनाले मिनी म्याराथुन प्रतियोगिता भाग लिएका थिए । फुटबल तर्फ भङ्गेरी युवा क्लब धुवाकोट विजेता र जन आवाज युवा क्लब माने उप विजेता बन्न सफल भएका थिए । यी दुई टिमले क्रमस क्रमश २० हजार, १० हजार नदगका साथै ट्रफी, प्रमाण पत्र र मेडल जिते ।
यस्तै कुपा-पर्मचेत-सामरी र पुनः सामरी-पर्मचेत-कुपा आएर सकिएको मिनी म्याथुन प्रतियोगितामा ३० वर्ष मुनि तर्फ १९ जना भाग लिएका थिए जसमा खनियाबास गाउपालिका– झार्लाङका श्रीलाल तामाङ प्रथम, नीलकण्ठ नगरपालिका–१४ धुवाकोटका धन बहादुर तामाङ द्धितीय, सोहि स्थानका चेत नारायण श्रेष्ठ तृतीय बन्न सफल हुँदै क्रमस १० हजार, ३ हजार, १ हजार र मेडल प्रमाण पत्र प्राप्त गरे यस्तै ३० वर्ष भन्दा माथि उमेर समुह तर्फ १३ जनाले भाग लिएका थिए यो समुहमा सिंह बहादुर तामाङ प्रथम, खेम राज वस्ती द्धितीय, र धनबहादु गुरुङ तृतीय भए उनीहरुले क्रमस नगद ५ हजार मेडल प्रमाण पत्र, द्धितिय हुनेलाई २ हजार मेडल प्रमाण पत्र र सान्तोना हुनेले १ हजार मेडल प्रमाण पत्र प्राप्त गरेका थिए ।









































