
धादिङ । धादिङको सिद्धलेक गाउँपालिका–१ निवासी घरविहीन तथा अति विपन्न परिवारका डानियल प्रजालाई नवनिर्मित घर हस्तान्तरण गरिएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत नीति, कार्यक्रम तथा बजेटअनुसार निर्माण गरिएको घर हस्तान्तरण गरिएको हो ।
गाउँपालिकाको रु. ८ लाख आर्थिक सहयोग, जग्गादाता तुलसा भट्टबाट प्राप्त जग्गा तथा रु. ८८ हजार ५०२ रुपैयाँ ३५ पैसा बराबरको जनश्रमदानबाट घर निर्माण सम्पन्न भएको हो ।
निर्मित घर गाउँपालिका अध्यक्ष पशुराम खतीवडाले रिबन काटेर उद्घाटन गर्दै डानियल प्रजालाई हस्तान्तरण गरेका हुन् ।
घर हस्तान्तरण कार्यक्रमा उप प्रमुख सविता अर्याल, वडा अध्यक्ष पेमा लामा लगाएको उपस्थिति रहेको थियो ।
गरिब, दुःखी तथा विपन्न नागरिकको आधारभूत आवश्यकता पूरा गर्दै सुरक्षित आवासको पहुँच सुनिश्चित गर्ने उद्देश्यले गाउँपालिकाले आवास सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । घरविहीन तथा अति विपन्न परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने कार्यक्रमले नागरिकको जीवनस्तर सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । तस्वीर स्रोतः पालिका अध्यक्षको सचिवालय

