सिद्धलेकका किसानलाई आधुनिक कृषि औजार वितरण

Avatar photo
Dhadingpost
कार्तिक १९, २०८३

धादिङ । धादिङको सिद्धलेक गाउँपालिकाका किसानलाई आधुनिक कृषि औजार तथा सामग्री वितरण गरिएको छ । कृषि वन तथा पर्यावरण मन्त्रालय, आयोजना क्लस्टर इकाई गोरखाको आर्थिक सहयोग तथा सिद्धलेक गाउँपालिकाको समन्वय र पहलमा किसानलाई कृषि उपकरण वितरण गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाका अनुसार किसानलाई ट्र्याक्टर, कम्बाइन मिल, औषधि छर्ने स्प्रे मेसिन, डिजिटल तौल काँटा, मकै रोप्ने मेसिन, मकै छोडाउने मेसिनलगायत विभिन्न आधुनिक कृषि औजार तथा सामग्री वितरण गरिएको छ ।

कृषि उपकरणको प्रयोगले खेतीपातीमा लाग्ने श्रम र समय घटाउनुका साथै कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । आधुनिक कृषि प्रविधिको प्रयोगमार्फत किसानलाई व्यावसायिक खेतीतर्फ प्रोत्साहित गर्ने उद्देश्यले उपकरण वितरण गरिएको हो । तस्वीर स्रोतः पालिका अध्यक्षको सचिवालय