
धादिङ । धादिङको नीलकण्ठ नगरपालिका १४ स्थित कुपा गाउँमा माघ १६ गते देखि २० गते सम्म गर्ने भनिएको खुल्ला पुरुष भलिबल प्रतियोगिता कोरोनाका कारण स्थागित भएको छ ।
ल्होछारको अवसरमा आयोजाना हुने भनिएको उक्त कुपा कप भलिबल कोरोना रोकथामका लागि नगराउनु भन्ने निर्देशन भएपछि स्थगित गरिएको आयोजक कुपा युवा समाजले जनाएको छ ।
प्रथम पुरस्कार २५ हजार र उप विजेतालाई १२ हजार नगद सहित शिल्ड मेडल र प्रमाण पत्र पुरस्कार रहेको यस कुपा कप अब माघ मसान्त पछि आयोजना गरिने समेत आयोजकले जनाएको छ ।