धादिङ असोज ३१ । धादिङको नीलकण्ठ नगरपलिका १४ स्थित कुपा गाउँमा खुल्ला नक आउट फुटबल प्रतियोगिता जारी रहेको छ भने कार्तिक ३ गते मिनी म्याराथुन प्रतियोगिता हुँदैछ । नुवाकोट र धादिङको सिमाक्षेत्रमा रहेको यस रमणिय गाउँमा आयोजित फुटबल प्रतियोगितामा ३६ टिमले भाग लिएका छन् भने मिनी म्याराथुनमा सहभागि हुनेको नाम दर्ता सुरुभएको आयोजक कुपा युवा समाजका अरुण गुरुङले बताए ।
हामीले थोरै पुरस्कार दिएर थोरै टिम सहभागी फुटबल गेम गर्ने, परम्परागत रोगटे पिङ उद्घाटन गर्ने, मिनी दौड प्रतियोगिता गर्ने तयारी गरेका थियौं । तर फुटबल खेलमा फुटबलमा नुवाकोट र धादिङबाट ३६ टिम सहभागि भए पुस्कारको लागि सहयोग आव्हान गरेका छौं स्थानीय सरकार संघ संस्थाबाट कुनै सहयो प्राप्त नभए पनि देश विदेशमा रहनुभएका समाजसेवीबाट आर्थिक सहयोग प्राप्त हुन थालेको गुरुङ बताउँछन् ।
कार्तिक ३ गते हुने प्रथम बृहत मिनी म्याराथन प्रतियोगिता कुपा-पर्मचेत-सामरी र पुनः सामरी-पर्मचेत-कुपा आएर समापन हुने आयोजकले जनाएको छ । प्रतियोगिता ३० वर्ष भन्दा माथिएको एक समुह र ३० वर्ष भन्दा कम उमेर समुहको अर्को समुह बनाएर गराईने बताईएको छ ।
अहिले सम्म प्राप्त सहयोग
1. धन बहादुर तामाङ, युके बाट – रु.16,006
2. बुद्दी तामाङ, क्यानडा बाट – रु.15,000
3. केर्सिङ तामाङ, स्विजरल्यान्ड बाट – रु.10,000
4. सुक तामाङ, इन्डिया बाट -रु.20,000
5. टीका राम लामा, इन्डिया बाट -रु.9,152
6. निटन गुरुङ, पात्ले – रु.6,000
7. राजेश गुरुङ, इन्डिया बाट -रु.10,000
8. श्याम ब. तामाङ, धादिङ बेसि – रु.5,000
9. वीर बहादुर तामाङ, ब्रुनइ बाट -रु.5,000
10. राज कुमार तामाङ, इन्डिया बाट – रु.5,000
11. धन बहादुर गुरुङ, इन्डिया बाट – रु.5,000
12. नेत्र बहादुर गुरुङ, ईन्डिया बाट – रु.4,000
13. अनिल सेन्देन लामा, ईन्डिया बाट – रु.4,000
14. राम बहादुर तामाङ, ईन्डिया बाट -रु.2,100
15. चन्द्र बहादुर गुरुङ, ईन्डिया बाट – रु.2,000
16. अमिस तामाङ, इन्डिया -रु.2,000
17. लक्ष्मण गुरुङ, ईन्डिया बाट रु.5 हजार बराबर को जिन्सी सामान प्रदान गरिएको