
धादिङ । धादिङको नीलकण्ठ १४ कुपा गाउँमा जारी फुटबलको फाईनलको दिन असोज २५ गते खुल्ला दौंड र रोटेपिङ प्रतियोगिता समेत हुने भएको छ । दशैं तिहार छठ तथा नेपाल सम्वत्को अवसरमा यी प्रतियोगिताहरुको आयोजना कुपा युवा समाजले गरेको हो ।
मिनी म्याराथन दौड प्रतियोगिता बिहान ९ बजे, फुटबल दिउँसो १ बजे र सांस्कृतिक कार्यक्रम, परम्परागत रोटेपिङ प्रतियोगिता र पुरस्कार वितरण ३ बजे हुने आयोजकले जनाएको छ ।
आयोजक संस्थाका अरुण गुरुङका अनुसार जारी दोस्रो कुपा खुल्ला नकआउट फुटबल प्रतियोगितामा ४० टिमले भाग लिएका छन् । प्रतियोगिताको विजयी टिमले ३३ हजार ३३३ र उप विजेताले १५ हजार ५१५ प्रदान पाउने छन्









































